स्व.विपिको स्मृतिमा सैनामैनामा वृक्षारोपण

सुरेश परियार,साउन ६ गते

सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले जननायक स्व.वि.पि कोइरालाको सिद्धान्त,आर्दश र विचारलाई अनुसरण गर्न सवैलाई आग्रह गरेका छन् ।४० औँ वि.पि स्मृति दिवसको अवसर पारेर सैनामैना नगरपालिकाले आज आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रजातन्त्र र लोकतन्त्र ल्याउने जननायक वि.पी कोइराला भएको दावि गरेका हुन्।

प्रतिनिधि सभाका सांसद तथा कांग्रेसका नेता समेत रहेका शाहले निरुकुंस शासन तथा पंञ्चायत विरुद्ध लडेका वि.पिले वनको राष्ट्रिय एकिकरण,आयकर ऐन देखि वर्ता उन्मुलन सम्म योग्दान वि.पिको भएको बताउदै समाजवाद ल्याउन निर्णायक भुमिका रहदै आएको उल्लेख गरे । शाहले नयाँ पुस्ताले स्व.विपिको जिवनी अध्ययन गरि विपिले देखाएका मार्गदर्शन र विचारलाई आत्मसाथ गरे सुभ्य समाज देखि समृद्धि देश बनाउन सजिलै सकिने जिकिर गरे । वि.पिको स्मृतिमा वृक्षारोपण गरि वातावरण हरावरा बनाउने कार्य गरेको भन्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै यि कार्यलाई निरन्तरता दिन पनि आग्रह गरे ।

यस्तै,कार्यक्रममा सैनामैना नगरपालिका मेयर फणेन्द्र प्रसाद शर्माले राष्ट्र निर्माण गर्ने स्व.जननायक वि.पी कोइराल र पुष्पलाल श्रेष्ठले पुर्र्योएको योग्दान अतुलनीय रहेको बताएका छन् । लोकतन्त्रका लागी वि.पीले खेलेको भुमिकालाई स्मरण गर्दै शर्माले दलित,गरिब नागरिकहरुको अधिकार प्राप्तका लागी संघर्ष गरेको चर्चा समेत गरे । शर्भाले भने; जननायक वि.पिले भन्नुहुन्थ्यो चुरे र वनलाई संरक्षरण गर्नुपर्छ,खाली ठाउँ देख्ने बित्तिकै बिरुवा रोप्नुपर्छ तव मात्र वातावारण हरावरा हुन्छ ।

फरक प्रंसगमा बोल्दै मेयर शर्माले नगरपालिकामा रहेका खरको छानोलाई विस्तापित गर्ने अभियानमा लागेको बताउदै जनता तथा सुरक्षित आवास कार्यक्रमलाई तिव्रता दिएको बताए ।साथै,सुकुम्बासी समस्या समाधान गर्न नापजाँच कार्य सुरु भईसकेको कुरा उल्लेख गर्दै सबैको साथ र सहयोगको अपेक्षा समेत मेयर शर्माले गरे ।

कार्यक्रममा नेकपा एमालेका रुपन्देही जिल्ला उपसचिब तथा सैनामैना नगरपालिकाका संस्थापक मेयर चित्र बहादुर कार्कीले निरुंकुशता विरुद्ध लड्ने महानेता स्व.वि.पि कोइराला र पुष्पालाल श्रेष्ठका भएको बताएका छन् । आफु मेयर हुदाँ विगद दुई वर्ष देखि सरकारी स्तरबाट नै महानेता स्व.वि.पि कोइराला र पुष्पालाल श्रेष्ठको सम्झनामा वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको कार्कीले उल्लेख गरे ।स्व.वि.पि कोइराला र पुष्पालाल श्रेष्ठले प्रजातन्त्र र आर्थिक विकासका लागी खेलेको निर्णायक भुमिका चर्चा गर्दै प्राप्त अधिकारलाई सवैले रक्षा गर्नुपर्ने कुरा औँल्याए ।

यस्तै,कार्यक्रममा नेकपा माओवादी केन्द्र सैनामैना नगरअध्यक्ष मान बहादुर महतले जननायक विपि कोइराला सवैका साझा नेता भएको बताएका छन् ।विपिले देखाएको बाटो र आर्दशलाई विश्वले नै अनुसरण गरेको बताउदै महतले देशलाई समृद्धि बनाउन सबैको एक्वाबद्धता हुनुपर्नेमा जोड दिए ।सैनामैना वडा न.९मा भएको वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस सैनामैना नगरसभापति रण बहादुर खनालको स्वागत तथा सैनामैना वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम भएको हो ।

सम्बन्धित समाचार