खेलकुदमुख्य समाचार

सैनामैनामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता भोलीदेखि हुँदै

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माको नेतृत्वको टिमले पुर्वाधार विकास मात्र नभई खेल क्षेत्रको श्रवृद्धिका लागी चासो दिएको पाईन्छ । नगरपालिकाले उपयुक्त खेलमैदान र प्याराफिड बनाएकै कारण राष्ट्रियस्तर एवं स्थानीय स्तरको प्रतियोगिता हुन लागेको हो ।

सुरेश परियार,मंसिर ११ गते  । रुपन्देहीको सैनामैनामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ । मुर्गिया फुटबल क्लब सैनामैना रुपन्देहीको आयोजनामा दोस्रो संस्करणको रुपमा सैनामैना वडा लिग फुटबल प्रतियोगिता भोलीदेखि हुन लागेको हो । सैनामैना वडा न.४ स्थित सैनामैना फुटबल रंगशालामा १२ मंसिर देखि २६ गते सम्म सो प्रतियोगिता सञ्चालन हुन लागेको मुर्गिया फुटबल क्लब अध्यक्ष प्रविण भारीले जानकारी दिए ।प्रतियोगितामा ११ टिमको सहभागिता रहने छ । जसमा सैनामैना नगरपालिका वडा न.१ देखि ११ सम्मको वडाको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

मुर्गिया फुटबल क्लबका अध्यक्ष भारीका अनुसार ग्रुप ‘ए’मा वडा न.१,वडा न.७,वडा न.८,वडा न.३,ग्रुप ‘बि’मा वडा न.१०,वडा न.२,वडा न.५,वडा न.४,ग्रुप ‘सी’ मा वडा न.६,वडा न.९ र वडा न.१ विच प्रतिस्पर्धा हुनेछ ।उद्धघाटनमा वडा न.४ र वडा न.५ विच खेल हुनेछ ।

खेलकुदको माध्यमबाट सैनामैनाको गरिमा अन्र्तराष्ट्रिय जगतमा जाने सैनामैना नगरपालिका वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारी र वडा न.५का वडाअध्यक्ष धन प्रसाद पौडेलले बताएका छन् ।युवाहरुले थालेको उदारणीय कार्यमा जनप्रतिनिधि सधै तत्पर भएको भन्दै प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालय तथा नगरपालिकाबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु.१६ लाख सम्म खर्च लाग्ने भएको छ । प्रतियोगितामा सैनामैना नगरपालिकाको खेलकुद विकास समितिले रु.७ लाख सम्म रकम प्रदान गर्ने बताईएको छ भने बाँकी व्यक्तिगत दाता र व्यवसायी प्रतिष्ठानबाट स्पोन्सर उठ्ने अपेक्षा गरिएको आयोजकले उल्लेख गरेको हो ।स्थानीय खेलाडीहरुको प्रतिभालाई प्रस्फोटन गर्न यो प्रतियोगिता गर्न लागिएको छ ।

वडा लिग प्रतियोगितामा प्रथम हुने टिमले रु.१ लाख ११ हजार १ सय ११ राशी,शिल्ड र मेडल,द्धितिय हुने टिमले रु.५५ हजार ५ सय ५५ राशी,शिल्ड र मेडल प्राप्त गर्ने छन् भने विधागत खेलाडीहरुलाई समेत नगद,ट्रफी पुरस्कारद्धारा सम्मान दिईने जनाईएको छ ।

सुविधा सम्पन्न रंगशाला र प्याराफिडबाट करिब १५ हजार खेलप्रेमीहरुले सो खेल अवलोकन गर्ने क्लबका सल्लाहकार अशोक खड्काले जानकारी दिए । युवाहरुमा फुटबल प्रति क्रेज बढेको श्री दर्लामी मगरले बताएका छन् ।  खेलाडीहरुको आगमनले खेलको रौनकता बढ्ने भन्दै खेल अवलोकनका लागी दर्लामीले आग्रह गरे ।

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माको नेतृत्वको टिमले पुर्वाधार विकास मात्र नभई खेल क्षेत्रको श्रवृद्धिका लागी चासो दिएको पाईन्छ । नगरपालिकाले उपयुक्त खेलमैदान र प्याराफिड बनाएकै कारण राष्ट्रियस्तर एवं स्थानीय स्तरको प्रतियोगिता हुन लागेको हो ।पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालन हर्षित गौतमले गरेका थिए ।

सम्बन्धित समाचार