मायादेवी गाउँपालिकाको वार्षिक प्रगति समीक्षा 

मायादेवी गाउँपालिकाको आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम मङ्गलबार, सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाले आर्थिक वर्षभरि सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रगत कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै उपलब्धि, समस्या, चुनौती र आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले गाउँपालिकाको समग्र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै विकास निर्माणका कामलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले नागरिकका आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर विकासका योजना सञ्चालन गर्न तथा स्थानीय सरकारबाट प्रदान गरिने सेवा नागरिकमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष चौधरीले गाउँपालिकाको समृद्धि र विकासका लागि जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा विकासका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना तथा कार्यक्रमहरूको समीक्षा गर्दै कार्यसम्पादनमा देखिएका समस्या र चुनौती पहिचान गरी सुधारका उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो। उहाँले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग, योजनाको प्रभावकारी कार्यान्वयन, वित्तीय अनुशासन र समयमै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत भुसालले प्रशासनिक कामकाजलाई थप व्यवस्थित बनाउँदै सुशासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा उतार्न कर्मचारीहरू जिम्मेवार भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो। साथै, नागरिकले सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न गाउँपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा आर्थिक वर्षभरि सम्पादन गरिएका विकास निर्माणका कार्य, सेवा प्रवाह तथा विभिन्न क्षेत्रगत कार्यक्रमको प्रगति अवस्थाबारे समीक्षा गरिएको थियो। साथै, कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको समाधान गर्दै आगामी दिनमा योजनाहरूलाई थप उपलब्धिमूलक बनाउने विषयमा छलफल गरिएको थियो।सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिँदै समृद्ध, व्यवस्थित र विकसित मायादेवी निर्माणका लागि गाउँपालिकाले आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार