युथफर एक्सन क्लबले आधिकारिता पायो,अध्यक्षमा प्रयास आचार्य

युथ फर एक्सन क्लबले आधिकारिता मान्यता पाएको छ ।साथै,बुटवल उपमहानगरपालिका वडा न.१५ रहेको यस क्लबको प्रथम अधिवेशन समेत सम्पन्न भएको छ । अधिवेशनले प्रयास आचार्यको अध्यक्षतामा २९ सदस्यीय सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कमल न्यौपाने र सचिन दमाशे,सचिवमा उमाकान्त भुषाल,सहसचिवमा मन्दिप क्षेत्री,कोषाध्यक्षमा अमृत कंडेल र बाँकी सदस्यहरुमा रहेका छन् ।साथै,अधिवेशनबाट आएको नव टिमले क्लबको संरक्षकमा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानालाई मनोनित गरेको छ ।

अधिवेशनको सन्दर्भमा बोल्दै युथ फर एक्सन क्लबका नव अध्यक्ष प्रयास आचार्यले संस्थागत हितमा काम गर्ने बताएका छन् ।क्लबले सामाजिक क्षेत्र संगै युवाहरुमा विकासमा टेवा दिने खालका कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गदैै क्लबका अन्य साथीहरु पनि मन,वचन र कर्मले काम गर्न सुझाव समेत दिएका छन् ।

सो कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न.११का खेलकुद संघ अध्यक्ष बसन्त क्षेत्री,बुटवल लियो क्लब सचिब पंकज शर्मा,पुर्व जुनियर जेसिज अध्यक्ष सुन्दर पौडेल,तिलोत्तमा नगर युवा संयोजक एरिक केसी,युवा समाजसेवीहरु विश्वास गुरुङ,राजेशजंग सुनार,हिमाल खत्री लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार