सुरेश परियार,साउन २३ गते ।नेपाल विधार्थी संघ रुपन्देहीले विधार्थीहरुको हकहितको पक्षमा काम गर्दै अघि बढेको पाईएको छ ।ने.वि संघ कार्य रुपन्देही जिल्ला कार्यसमितिको सभापतिमा जब सन्दीप पाण्डेको नेतृत्व भयोे त्यसएता विधार्थीहरुको शैक्षिक सुधार र विधार्थीहरुको आवश्यकता र चाहाना अनुसारको सुविधा प्रत्याभुत गराउन नेतृत्वदायी भुमिका निर्वाह गरेको अथाह पाईएको छ ।
सभापति पाण्डेको नेतृत्वले जिल्लाभरका क्याम्पसमा विविध शैक्षिक कार्यक्रम गर्दै आएको छ ।सोही सन्र्दभलाई मध्येजर गर्दै नेपाल विधार्थी संघ रुपन्देही जिल्ला कार्यसमितिले रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोख्रेल रामापुर क्यापसमा क्याम्पसका छात्राहरुका लागी स्यानिटरी न्यापकिन भेन्डिङ्ख मेशिन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।जसमध्ये २ वटा भेन्डिङ्मे शिन,२ कार्टुन प्याड प्रदान गरिएको क्याम्पसका स्ववियु सभापति तथा ने.वि संघ रुपन्देही जिल्ला कार्यसमितिका सचिब मनोज बेल्बासेले जानकारी दिए ।
सोही कार्यक्रमलाई कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा.अनिता शाहले मातृ बास्याल्ला हुनुलाई गर्वको रुपमा लिनुपर्ने बताउनुभएको छ ।डिग्निफाईड मिन्सिरेन्सको नारालाई एलान्सको रुपमा आएको डा.शाहले बताउनुभयो ।महिला तथा किशोरीहरुले प्रयोग गर्ने प्याडले उनीहरुको स्वास्थ्यलाई मात्र हेरचाह होईन वातावरणलाई पनि ख्याल र स्वच्छ राख्न मद्धत पुग्ने विश्वास उनले गरिन् ।
नेपाली कांग्रेस जिल्ला उपसभापति समेत रहनुभएकी डा.अनिता शाहले योजना आयोगमा महिला,बालबालिका र जेष्ठ नागरिककै विषयलाई हेर्ने भएकै कारण आगामी योजनाहरुमा यि क्षेत्रको श्रीबृद्धि हुने तरिकाले काम गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।ने.वि संघ रुपन्देहीले प्रशंसनीय कार्य गरेको भन्दै तिनै तहको सरकारको ध्यान यसप्रति जानुपर्नेमा जोड दिदैँ विभिन्न संघसंस्थाहरुले पनि सामाजिक काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै,कार्यक्रममा सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले राजनिति भनेको चेतना जगाउने विषय भएको बताउनुभएको छ ।विधार्थीहरुले क्याम्पसमा राजनिति गर्नुभनेको शैक्षिक सुधारका लागी आवाज उठाउनु,विधार्थीहरुको चाहाना अनुसार सेवासुविधाको प्रत्याभुति गराउन पैरवी गर्ने र गुणस्तरीयता ल्याउनु हो । तर,राजनितिको नाममा क्याम्पसको पठनपाठनलाई अवरोध गराउने खालका आन्दोलन,तालाबन्दी र अन्य गैरक्रियाकलाप गर्नु गैरजिम्मेवारी भएको प्रमाणित गर्नु सरह भएको मेयर शर्माको ठम्याई छ ।नेवि संघले उदारणीय कार्य गरेको भन्दै नगरपालिकाले यसमा एक्बद्धता जनाएको र शैक्षिक उन्नयनका लागी नगरपालिका सधैब प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले विधार्थी निकट भएका समुहले विधार्थीहरुको हितमा काम गर्नुपर्ने बताउनुभयो । क्याम्पसमा गरिएको अथवा खेलिएको भुमिकाले असल नेतृत्व जन्मिने बताउदै शैक्षिक कार्यक्रम गर्दै जान आग्रह गर्दै आफुहरुबाट हुने सहयोग रहने प्रढ् पनि ढकालले गर्नुभयो ।
यस्तै,मानव अधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोबिन्द खनालले महिनाबारी समस्याका कारण ठूलो संख्यामा छात्राहरुले बिद्यालय छाड्ने गरेको डरलाग्दो तथ्यांक भएकोले सबै पक्षले त्यसलाई संबोधन गर्नुपर्ने बताउनु भयो ।खनाल भन्छ्न प्राबिधिक शिक्षा सर्वसाधारणको पहुँचमा हुनुपर्छ, शिक्षा उत्पादनमुखी, उत्पादन बजारमुखी र बजार समृद्धिमुखी हुनुपर्दछ अनि मात्र बैदेशिक शिक्षाको आकर्षण घट्छ ।
नेपाली कांग्रेसका सैनामैना नगरसभापति रण बहादुर खनालले विधार्थी समुहले गरेको सामाजिक कामलाई क्याम्पसले खुलेर प्रंशसा गर्नुपर्ने बताउनुभयो ।केही बक्ताहरुको भनाईमा आपत्ती जनाउदै विधार्थीहरुले क्याम्पसमा राजनिति गर्नपाउनुपर्ने अडान सभापति खनालले राख्दै लोकतन्त्र र प्रजान्तत्रमा निरंकुश र पञ्चायत शैलीमा क्याम्पस अघि बढ्न नसक्ने बताउनुभयो ।कार्यक्रममा क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरेले नेविसंघले प्रंशसा गर्न लायक काम गरेको बताउदै धन्यवाद समेत प्रकट गर्नुभएको छ ।
यस्तै,क्याम्पस प्रमुख हेमन्त थापाले विधालयलाई गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। राजनितिको नाममा केही विधार्थीहरु अनुशासन भन्दा बाहिर गएकाले यसप्रकारको राजनिति क्याम्पसमा गर्न नहुने आरोप लगाए ।क्याम्पसमा शैक्षिक पठनपाठन बाहेक विधार्थीहरुले राजनिति गर्न नहुने संज्ञा क्याम्पस प्रमुख थापाले दिनुभयो ।
कार्यक्रममा नेपाल विधार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डेले विधार्थीहरुको पक्षमा सधैव वकालत गरिरहने बताएका छन् ।किशोरीमा हुने महिनावारीको बेला स्वास्थ्यलाई मध्येजर गर्दै राहत स्वरुप सहयोग प्रदान गरेको बताएका छन् । शैक्षिक सुधार,स्तरीय शिक्षा प्राप्ती र अतिरिक्त क्रियाकलापमा समेत अग्रसर गराई विधार्थीहरुको मासिक रुपमा लिने शुल्कलाई समेत कम गराउने उदेश्य रहेको सभापति पाण्डे उल्लेख गरे ।
नेपाल विधार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पुर्व सभापति गोविन्द खनाल, नेपाल विधार्थी संघ सदस्य किरण तिवारी,डिआर घिमिरे,सागर पौडेल,अशिम थापा,सुनिल राना,लुम्बिनी वाणिज्य क्याम्पसका स्ववियु उपसभापति अमित गुप्ता लगायतको आतिथ्यता रहेको थियोे ।कार्यक्रममा स्ववियु सभापति तथा नेपाल विधार्थी संघ रुपन्देही सचिब मनोज बेल्बासेको स्वागत तथा सदस्य पुनम कुँवर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्