Uncategorizedमुख्य समाचारराजनितिसमाचार

मदन भण्डारी फाउन्डेसन गठन

चितवन राप्ती नगरपालिकामा मदन भण्डारी फाउन्डेसन गठन भएको छ । १२१ जनाको समिति बनेको र २७ जनाको सचिवालय गठन भएको छ । फाउन्डेसन गठन र घोषणा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश नेकपका सचिवालय सदस्य तथा बागमती प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जग्गनाथ ( जे.एन )थपलिया उपस्थितिमा मदन भण्डारी फाउन्डेसन गठन भएको हो ।

अध्यक्ष हरी पौडेल र पाँच जना उपाध्यक्ष रहेको फाउन्डेसनमा सचिव राजकुमार कंडेल र कोषाध्यक्षमा डिल्ली प्रसाद थपलिया रहेका छन भने मदन भण्डारी फाउन्डेसन राप्ती नगरपालिका स्पोर्ट्स एकेडेमीका संयोजकमा युवा नेता केदार आचार्य सर्वसम्मत चयन भएको छन त्यसै गरी संचार प्रमुखमा प्रकाश कालाखेती र बौद्धिक बिभागमा प्रमुख डिल्ली प्रसााद थपलिया चयन भएका छन।

सम्बन्धित समाचार