Uncategorizedमुख्य समाचारराजनितिसमाचार

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेन्डा

मन्त्रिपरिषद् बैठक अहिले केहि बेरमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले मानपदवीको निर्णय गर्छ।

आजको बैठक नियमित बैठक भएको र मन्त्रालयगत एजेण्डाहरुमा छलफल हुने बताइएको छ ।

गत वर्ष सरकारले संविधान दिवस असोज ३ का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न खाले सम्मान र पदक दिने घोषणा गरेको थियो।

सम्बन्धित समाचार