Uncategorizedमुख्य समाचारसमाचारस्वास्थ्य

आज थप १०४१ जनामा कोरोना, १५६६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर थप १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। ३४९महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४५ हजार २७७ पुगेको छ । गत २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ४७३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप १५६६ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ। देशभर कोरोना निको हुने ६३ प्रतिशत पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ६ हजार ५६१जना रहेका छन्।

सम्बन्धित समाचार