मुख्य समाचार

विधार्थीको सर्वाङ्गीण विकासमा प्रभात भूतपुर्व विधार्थी संगठनको प्रयास,हाजिरीजवाफमा सुनगाभा स्कुल ‘प्रथम’

प्रभात भूतपूर्ब विद्यार्थी संगठनको आयोजनामा बुधबार सम्पन्न क्युबेसिक सम्बन्धी हाजिरी जवाफ प्रतियोगितामा सुनगाभा पब्लिक माध्यमिक विधालय प्रथम भएको छ । प्रतियोगितामा सैनामैनाका सामुदायिक तथा संस्थागत गरि ९ विधालयलाई पछि पार्दै सुनगाभाले पहिलो सफलता हात पारेको हो । यस्तै,प्रतियोगितामा राामापुर माध्यमिक विधालय दोश्रो र सैनामैना मोडेल सेकेण्डरी स्कुल तेश्रो भएका छन । प्रथम हुने सुनगाभा नगद राशी रु. १० हजार सहित मेडल एवं ट्रफि, दोश्रो हुने स्कुलले रु.५ हजार नगद सहित मेडल एवं ट्रफि प्राप्त गरेको छ भने तेश्रो हुने सैनामैना मोडेल सेकेण्डरी स्कुलले तीन हजार नगद सहित मेडल एवं ट्रफि पुरस्कार प्राप्त गरेको छ । प्रथम, दोश्रो र तृतीय पुरस्कारको सौजन्य दाताहरु हरिप्रसाद घिमिरे, शंकर खरेल र मधु अर्यालले गरेका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले विधार्थी विच हुने अतिरिक्त प्रतियोगिताले विद्यार्थीहरुमा अन्तरनिहित क्षमता प्रष्फुटनमा बल पुग्ने बताए । मेयर शर्माले सूचना प्रविधिको प्रयोगले विश्व धेरै अघि बढेको सन्दर्भमा अब विद्यालय तहबाटै विद्यार्थीहरुमा यस सम्बन्धी ज्ञान प्रवाह गर्नुपर्ने सबैको दायित्व भएको उल्लेख गरे ।

कार्यक्रममा प्रभात इङलिश बोर्डिङ स्कुलका प्रिन्सिपल अनन्तराम शर्माले प्रभात भूपू विद्यार्थी संंगठनले सञ्चालन गरेको यो प्रतियोगिताले विद्यार्थीहरुमा अझै प्रतिष्पर्धी भएर अघि बढ्न हौँसला मिल्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा प्रभावत आवासीय माविका सिईओ मिना भण्डारीले विधार्थीहरुको सर्वाङ्गीण विकासका लागी संगठनले देखाएको काम प्रति प्रंशसा व्यक्त गर्दै भुपु विधार्थी संग सधै हातेमालो गर्न विधालय सधै तयार रहेको कुरा औँल्याईन् ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं–४ मा रहेको प्रभात इङलिश बोर्डिङ स्कुलमा आयोजना गरिएको प्रभात भूपू विद्यार्थी समाजमा आवद्ध पूर्व विद्यार्थी एवं विभिन्न विद्यालयका शिक्षक,विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा संगठनका अध्यक्ष शंकर खरेलको अध्यक्षता,संगठनका महासचिव तथा कार्यक्रम संयोजक हेमन्त शर्माले सञ्चालन गरेका हुन् भने स्वागत मन्तव्य भुपु विधार्थी रेजिना कार्कीले राखेकी हुन् ।

सम्बन्धित समाचार