मुख्य समाचार

स्व.नगरप्रमुख मुसलमानको थियो नेतृत्व : लुम्बिनी साँ.नगरको आफ्नै प्रशासनिक भवन बन्दै

लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्व.नगरप्रमुख सजरुद्धिन मुसलमानको नेतृत्वमा जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागी निरन्तर पहल भएको थियो । फलस्वरुप प्रशासनिक भवन निर्माणको कामले आज देखि मुर्तरुप पाएको छ ।२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले भने जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागी भएको प्रयास असफल भएको थियो ।तर,२०७९मा निर्वाचित जनप्रतिनिधिहरुको प्रयासमा भने अब जनताको प्रशासनिक भवन बन्ने भएसंगै जनतामा खुशी छाएको छ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आफ्नै प्रशासनिक भवन बन्ने भएको छ । २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि करिब रु.२५ करोड ७० लाख ८६ हजार ६ सय ९८को लागतमा प्रशासनिक भवन बन्न लागेको हो । लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्व.नगरप्रमुख सजरुद्धिन मुसलमानको नेतृत्वमा जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागी निरन्तर पहल भएको थियो । फलस्वरुप प्रशासनिक भवन निर्माणको कामले आज देखि मुर्तरुप पाएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३ स्थित लंकापुर र ठुलो पडरियाको बिच स्थानमा कि.ता न.३६०,३–१०–११ क्षेत्रफलमा सो भवन निर्माण हुन लागेको छ ।नेपाल सरकार एसियाली विकास बैँक र लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा कन्ट्याक्ट बाबुल एनबि जेभि निर्माण व्यवसायीले सो निर्माण गर्नेछ ।

आज(बिहिबार) विशेष समारोहको अवसर पारेर लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । नगरपालिकाका कार्यवहाक नगरप्रमुख करिपल्ना हरिजन,प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली,उपसचिब हरि प्रसाद ज्ञवाली,पुर्व नगरप्रमुख,उप्रमुख,वडाअध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पुर्वजनप्रतिनिधिहरुको संयुक्त रुपमा प्रशासनिक भवनको शिलान्यास गरिएको नगरपालिकाका समन्वय शाखाका तुल्सीराम लामिछानेले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका कार्यवहाक नगरप्रमुख कल्पना हरिजनले स्व.नगरप्रमुख सजरुद्धिन मुसलमान प्रति श्रद्धासमुन अर्पण गर्दै उहाँकै नेतृत्वमा पहल भएको गौरवको योजनाले आज सार्थकता पाएको खुलेर बताईन् । भवन निर्माणका लागी जग्गा दान गर्ने जग्गा दाताहरु समेत सम्मान प्रकट गर्दै जनअपेक्षा अनुसार प्रशासनिक भवन निर्माण हुने का.व मेयर हरिजनको दाबि रहेको छ । जनताले तिरेको करबाट सेवासुविधा पाउनु उनीहरुको हक भएका कारण छिट्टै सुविधासम्पन्न भवनबाट सेवा पाउने विश्वास व्यक्त गरिन् । समृद्ध नगर बनाउन सबैको साझा संकल्प आवश्यक रहेको भन्दै हरिजनले हातेमालो गर्न आह्वान गरिने ।

यस्तै,कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले सबैको अथक प्रयासले स्तरीय प्रशासनिक भवन बन्न लागेको बताईकी छन् । प्रशासनिक क्षेत्रबाट जनताले सहज रुपमा सेवा पाएमात्र सिंह दरबारको अधिकार गाउँगाउँमा आएको जनताले महुशस ज्ञवालीले उल्लेख गरिन् । नगरपालिका विकासमा मात्र नभई विश्वबाट हेर्ने लायक बनाउन प्रयासरत रहेको बताईन् । कार्यक्रममा प्रहरी,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,स्थानीय पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा निर्माण हुने भवनमा जाने बाटो लागी जग्गा निशुल्क रुपमा उपलब्धि गराउन जग्गादाताहरु मोहम्मद जुबेर मुसलमान,अब्दुल सलाम मुसलमान,जियाउल्लाह मुसलमान,सब्बिर अहमद,हमिउद्धिन फिकर,कमरुद्धिन फकिर,मोहम्मद हारुन मुसलमान लाई सम्मान गरिएको छ ।२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले भने जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागी भएको प्रयास असफल भएको थियो ।तर,२०७९मा निर्वाचित जनप्रतिनिधिहरुको प्रयासमा भने अब जनताको प्रशासनिक भवन बन्ने भएसंगै जनतामा खुशी छाएको छ ।

सम्बन्धित समाचार