मुख्य समाचार

पिपराका ईन्स्पेक्टर अर्जुन पौडेलको कमाण्ड : ठुलो परिमाणमा अवैध मल समातियो

सुरेश परियार,कात्तिक १६ गते । पिपरा प्रहरीले ठुलो मात्रामा अवैध मल बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले भन्सार छलि गरि ल्याएको अवैध युरिया र डिएपी मललाई लुकाईछिपाई गरेको अवस्थामा विभिन्न व्यक्तिहरुको घरबाट फेला पारेको हो ।

कपिलवस्तु वाणगंगा न.पा. १० बस्ने सन्तराम थारुको घरको कोठाबाट १५८ बोरा डिएपि मल, वाणगंगा न.पा. १० बस्ने दशरथ शाहीको घरबाट २१ बोरा डिएपी मल,वाणगंगा न.पा. १० बस्ने सिलाशान्ति कोहारको घरबाट ३३ बोरा डिएपी मल,वाणगंगा न.पा. १० बस्ने सुलेमान मुसलवानको घरबाट १० बोरा युरीया,४ बोरा डिएपी मल,डिएपी मल बरामद परेको हो । बरामद भएको मलको बजार मुल्य रु.५ लाख २८ हजार ४ सय पर्ने जाने अनुमान गरिएको छ ।

आवश्यक कार्वाहीका लागी बरामद मल भन्सार पठाईएको प्रहरीले जनाएको छ ।पिपरा प्रहरीको कमाण्ड समाल्न आएका अवआगन्तुक प्रहरी निरीक्षक अर्जुन पौडेलले सुरक्षा योजना बनाएर अघि बढेका छन् । समाजमा शान्ति,सुरक्षा,अमयचयन कायम राख्न कुनै कसर बाँकी नराख्ने उनको अडान छ ।

सम्बन्धित समाचार