मुख्य समाचार

माओवादी केन्द्र सैनामैनाको पार्टि कार्यालय स्थापना,गोलबद्ध हुन आह्वान

नेकपा माओवादी केन्द्र सैनामैना नगरसमितिको पार्टि कार्यालय स्थापना भएको छ । भाद्र २४ गते तोडफोड् र आग्जनी भएको सो पार्टि कार्यालयलाई संविधान दिवसको अवसरमा शुक्रबार स्थापना गरिएको वाईसियल जिल्ला कमिटि अध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।


सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले पार्टि कार्यालय स्थापना गरि नियमित काममा फर्केकोमा नेतृत्वलाई प्रशंसा गर्दै गोलबद्ध हुन आहवान गरेका छन् ।संकटको बेला नेता,कार्यकर्ताले साहसिक र धैर्यता प्रर्दशन गरेमात्र माओवादीको अस्तित्व रहने अध्यक्ष बरालले दावी गरेका छन् । १० हजार सहिदहरुको बलिदानबाट संविधान जारी गरेको भन्दै नागरिकका मौलिक हकहरुलाई कानुनमै लिपिबद्ध गरि देशलाई निकास दिएको समेत उल्लेख गरे ।

माओवादीले उठाएका मागहरुलाई अहिलेका जेन्जी समुहले उठाएको भन्दै अधिकांश मागहरुलाई समर्थन गरेको दर्साए ।आन्दोलनका नाममा केही गैरजेन्जीहरुले घुसपेठ गरेको आरोप लगाउँदै विध्यंस मच्चाउने विरुद्ध कानुनी कार्वाही हुनुपर्ने जोडदार माग बरालले राखे ।

पार्टि स्थापना तथा संविधान दिवस विशेष दिपप्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्र सैनामैनाका अध्यक्ष मान बहादुर महतले तोडफोड् र आग्जनी गर्ने अराजक व्यक्तिहरुलाई कानुनी कार्वाहीमा ल्याउन माग गरेका छन् । जनताप्रति माओवादी सधै नजिक भएर काम गरेको बताउँदै पार्टि कार्यालय स्थापना गरि जनताको पक्षमा काम गर्न निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा माओवादी नेता रोमनाथ न्यौपानेले बोलेका थिए भने पार्टि सचिव राजेन्द्र घिमिरेले सञ्चान गरेका हुन् । पार्टि कार्यालय मान बहादुर महतको घरमा स्थापना गरिएको हो । हाल सम्म नेकपा एमाले र कांग्रेसले भने पार्टि सञ्चालनमा ल्याएका छैनन् । सो पार्टि कार्यालयमा आगजनी तोड्फोड् भएको छ ।

सम्बन्धित समाचार