सुरेश परियार,साउन २० गते ।रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्न विशेष रणनितिका साथ अघि बढेको पाईएको छ । विधालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धिसुधारका लागी पालिका भित्र रहेका सरकारी विधालयका प्रधानाध्यापक र नगरपालिका विच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको समन्वय शाखा प्रमुख तुल्सीराम लामिछानेले जानकारी दिए ।
आ.व २०८२÷०८३ मा नगरपालिकाले राखेका शैक्षिक सर्तहरु पुरा गरि नतिजा सकारात्मक ल्याउन विभिन्न कार्य विवरण उपलब्ध गराई जिम्मेवारी प्रदान गरिएको छ । करार सम्झौताको कार्य विवरण, वार्षिक लक्ष्य, मापन गर्ने आधार बारे योजना निर्माण सम्बन्धी,शैक्षिक गुणस्तर वृद्धि सम्बन्धी,व्यवस्थापकिय क्षेत्र,निरिक्षण,अनुगमन तथा सुपरिवेक्षण लगायत विषय कार्यसम्पादन कारारमा उल्लेख गरिएको नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख तथा उपसचिव हरि प्रसाद ज्ञवालीले उल्लेख गरे ।
शैक्षिक गुणस्तर सुधार गरि मेधावी विधार्थीहरु उत्पादन गर्न नगरपालिका दत्तचित्त भएर लाग्ने नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले बताए ।शिक्षा निति अनुरुप हरेक विधालय नियमित रुपमा सञ्चालन हुनुपर्ने अडान गर्दै तोकिएको जिम्मेवारी शिक्षकहरुले पुर्ण रुपमा पालना गर्नुपर्ने उल्लेख गरे । मेयर मुसलमानका अनुसार विधार्थी भविष्यका कर्णधार भएकाले उनीहरुको भविष्य माथी खेलवाड गर्न कसैलाई छुट नभएको भन्दै शैक्षिक क्षेत्रको विकासमा नगर सधैव अग्रभागमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यसम्पादन करार केवल पानामा मात्र नभई पुर्ण रुपमा कार्यान्वयन गरि नतिजा सोचेँ अनुरुप ल्याउन समेत आग्रह गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले करारमा उल्लेख गरिएका शैक्षिक सर्तहरुलाई कार्यान्वयन गरि उत्कृष्ट नतिजा ल्याउन अपिल गरिन् ।शैक्षिक पठनपाठन संगै विधार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागिता राउन प्रधानाध्यापकहरुलाई मार्गनिर्देशन दिईन् ।
सो बैठक नगर प्रमुख सजरुद्दिन मुसलमानको अध्यक्षता,प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवाली, उपसचिव हरि प्रसाद ज्ञवालीको आतिथ्यता,शाखा प्रमुखहरु र सामुदायिक विधालयका प्रधानाध्यापकहरु, विधालय व्यवस्थापन समिति,अभिभावक लगायतको उपस्थिति रहेको थियो । प्रस्ताव र विभिन्न विषयमा शिक्षा अधिकृत लक्ष्मी पराजुलीले सहजीकरण गरेका थिईन् । साथै,कक्षा ८,१० र १२को नतिजा समिक्षा समेत गरिएको हो बैठक तथा अन्तर्कृया कार्यक्रमको सहजीकरण सहायक शिक्षा अधिकृत प्रमिला पछाई रायमाझीले गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्