मुख्य समाचार

वाईसियल रुपन्देहीले बुझायो सिडियोलाई ज्ञापन पत्र,मलको आपुर्ति सहज बनाउन माग

अध्यक्ष गोविन्द खरेलको हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ “सरकारको लापरवाही, दलाल र विचौलियाको चलखेल तथा योजनाबद्ध मल अभावले कृषकहरूलाई खेती गर्नबाट बञ्चित बनाएको छ । खाद्य सुरक्षामाथिको प्रहार हामी सहन सक्दैनौं ।” वाइसिएलले तत्काल मल आपूर्ति सुनिश्चित गर्न, वितरण प्रणाली न्यायोचित बनाउन र दीर्घकालीन समाधानका लागि ठोस नीति ल्याउन सरकारसँग माग गरेको छ । संगठनले तत्काल देशभर मल आपूर्ति सुनिश्चित नगरिए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग वाईसियल नेपाल रुपन्देहीले रासायनिक मलको आपुर्ति सहज बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।आइतबार वाईसियल रुपन्देहीको टोलीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्र मार्फत वाईसिएलले सरकारको ढिलासुस्ती,कालाबजारी,पहुँचको आधारमा हुने असमान वितरण र दलाली प्रवृत्ति विरुद्ध कडा आपत्ति जनाएको छ ।

संगठनले रासायनिक मलको अभावले राष्ट्रिय खाद्य सुरक्षामै खतरा उत्पन्न गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग वाईसियल नेपाल रुपन्देहीका अध्यक्ष गोविन्द खरेलले बताए ।अध्यक्ष गोविन्द खरेलको हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ “सरकारको लापरवाही, दलाल र विचौलियाको चलखेल तथा योजनाबद्ध मल अभावले कृषकहरूलाई खेती गर्नबाट बञ्चित बनाएको छ । खाद्य सुरक्षामाथिको प्रहार हामी सहन सक्दैनौं ।” वाइसिएलले तत्काल मल आपूर्ति सुनिश्चित गर्न, वितरण प्रणाली न्यायोचित बनाउन र दीर्घकालीन समाधानका लागि ठोस नीति ल्याउन सरकारसँग माग गरेको छ । संगठनले तत्काल देशभर मल आपूर्ति सुनिश्चित नगरिए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

ज्ञापनपत्र बुझदै सिडियो घिमिरेले सरोकार राख्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने उदघोष गरे ।वाईसियल रुपन्देहीमा नयाँ समिति आए संगै जनसरोकारका विषयलाई जोडदार उठाउदै आएको पाईएको छ ।

सम्बन्धित समाचार