सुरेश परियार,असार ३१ गते ।रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने एक सामुदायिक स्कुलको क्षेत्राधिकार भित्र पर्ने सालको रुखमा आरा(रुख फडानी गर्ने धारिलो हतियार)लगाएको पाईएको छ ।सैनामैना नगरपालिका वडा न.८ र ९मा पर्ने श्री जनचेतना माध्यमिक विधालयको परिसरमा पर्नेे ७ वटा हरियो सालका रुखमा आरा लगाई ढलाउने प्रयत्न भएको हो ।जसमा ३ वटा सालका रुख सुक्ने अवस्थामा छन् भने ४ वटा हरिया छन् ।
वर्षौँ देखि प्राकृतिक सम्पदाको रुपमा रहेको सालका हरिया रुखलाई धारिलो हतियार प्रयोग गरि रुख सुकाउने र ढलाउने काम भएको प्रष्ट देख्न पाईन्छ ।तर,यो विषयमा विधालय परिवार बेखवर छ भने सम्बन्धीत नियमनकारि निकाय मौन रहेको छ ।वि.स २०४० सालबाट भोगचलन गर्दै आएको एैलानी जमिन र वि.स २०७६ साल असार १६ गते सो विधालयलले सैनामैना नगरपालिकाबाट भोगाधिकारको प्रमाणपत्र पाएको थियो । स्कुलको भोगाधिकारको प्रमाणपत्र अनुसार ३ विघाहा १८ कट्ठा ९.५ धुर एैलानी जमिन रहेको छ ।
भोगाधिकार भित्र पर्ने तर एैलानी जमिन भएकाले अघोषित रुपमा नेपाल सरकारको जमिन भित्र पर्ने सालका रुखमा एकाएक आरा प्रयोग हुँदा समेत नियमनकारि निकाय कानमा तेल हालेर बसेको छ भने विधालयलाई जानकारी नभएको भन्दै गैरजिम्मेवारी बनेको देखिएको छ ।
क्षेत्राधिकार भित्र पर्ने सार्वजनिक सम्पत्ति तथा प्राकृतिक सम्पदाहरुको निगरानी गर्नुपर्ने दायित्व विधालयलाई रहन्छ तर वन ऐन विपरित सो काम भएको छ ।सालका रुखमा कसको निर्देशन र मिलोमतोमा आरा लगाई सुकाउने र ढलाउने प्रयत्न भएको छ भन्ने विषय अनुसन्धान पछि पक्कै थाहा हुनेछ ।
सोही विषयलाई लिएर एक स्थानीयलाई सोधेका थियौँ ः परिचय नखोल्ने सर्तमा के भन्छन्?
स्कुलमा भएको सो गतिविधिबारे सोधपुच्छ गर्दा स्कुलकै मिलोमतोमा सालका हरियो रुखमा आरा लगाईएको आरोप लगाएका छन् । उनका अनुसार ८ महिना अगाडी स्कुलकै निर्देशनमा आरा लगाईएको आरोप लगाए ।
के–भन्छन विधालयका पदेन सदस्य तथा वडा न.९का वडाअध्यक्ष भानुभक्त पाण्डे?
सालका हरियो रुखमा आरा लगाउनु काम गलत हुने सैनामैना नगरपालिका वडा न.९का वडाअध्यक्ष भानुभक्त पाण्डेले बताएका छन् । हाल सम्म सो विषय जानकारीमा नआएको र स्कुल संग सोधपुच्छ गर्ने पाण्डेले उल्लेख गरे ।
के–भन्छन् विधालयका व्यवस्थापन समिति अध्यक्ष धर्मराज आत्रेय ?
सालका हरियो रुखमा आरा लगाएको काम गलत भएको श्री जनचेतना माध्यमिक विधालय व्यवस्थापन समिति अध्यक्ष धर्मराज आत्रेयले बताएका छन् । अहिले सम्म मलाई त रुखमा आरा लगाएको थाहानै रहनेछ,हजुरले(पत्रकारले जानकारी दिएपछि)भनेपछि बल्ल थाहा भो उनले भने । आत्रेयलले गतिविधिबारे सोधपुच्छ गर्छौ जसले गलत गर्छ सजायको भागेदार हुनैपर्छ ।
के भन्छन्–विधालयका प्रचार्य कमलराज बेल्बासे ?
सालका हरियो रुखमा आरा लगाएका विषयबारे आफुलाई जानकारी नभएको विधालयका प्रचार्य कमलराज बेल्बासेले बताएका छन् ।आफु प्रचार्यको जिम्मेवारी लिएपछि यो गतिविधी नभएको दावी गरेका छन् । बेल्बासेले भने यो हेर्ने जिम्मा तपाईहरुको हो,मलाई केही थाहा छैन भन्ने गैरजिम्मेवारी तरिकाले बोलेका छन् ।आरा लगाएको स्थानमा अहिले सम्म आफु नपुगेको भन्दै माफी समेत बेल्बासेले मिडिया माझ मागे ।
के–भन्छन् विधालयका अभिभावक संघ अध्यक्ष कृष्ण पाण्डे ?
विधालय भित्र गलत गतिविधी भएको विधालयका अभिभावक संघ अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिएका छन् । व्यवस्थापन तर्फ नभई आफुहरुको जिम्मेवारी शैक्षिक उन्नयन तर्फ मात्र भएकाले यो विषयमा जानकार थिएन । यो गतिविधिमा संलग्न हुनेहरु अनुसन्धानको दायरामा आउनुपर्ने उल्लेख गरे ।
के–भन्छन सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्मा ?
सरकारको सम्पत्ति माथी कसैले पनि क्षेति पुर्योउन नपाईने सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले बताएका छन् । रुखमा आरा लगाउने काम गलत भएको भन्दै अनुसन्धान पछि प्रमाणित भए कार्वाहीको लागी सिफारिस आफु गर्न तयार रहेको समेत बताए । टिकाराम भन्छन् यो गतिविधीबारे मलाई थाहा थियन अब सोधपुच्छ हुन्छ ।
के–भन्छन डिभिजन वन कार्यालय रुपन्देहीका सिनियर वनअधिकृत प्रविण विडारी ?
भोगाधिकार लिएपछि क्षेत्राधिकार भित्र पर्ने सार्वजनिक सम्पत्ति तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने दायित्व स्कुलको भएको डिभिजन वन कार्यालय रुपन्देहीका सिनियर वनअधिकृत प्रविण विडारीले बताएका छन् । घटनाबारे आफुहरु पुर्ण जानकारी भएपश्चात संग्लनलाई वनमुद्धा लगाईछाड्ने अडान लिएका छन् । स्कुलभित्र सो गतिविधि भएकाले यसको जिम्मेवार व्यवस्थापन समिति र प्रचार्य बन्नुपर्ने विडारीको भनाई छ । अनुसन्धान तत्काल सुर गर्ने जानकारी गराए ।
लुम्बिनी प्रदेश वन ऐन २०७८ अनुसार राष्ट्रिय वन क्षेत्रका रुख वा बिरुवा काट्ने,हाँगा काट्ने जस्ता कुनै पनि हानीनोक्सानी गर्न पाईदैन । यदि गरेको पाईएमा लुम्बिनी प्रदेश वन ऐन २०७८ अनुसार सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्