मुख्य समाचार

गिनिज वल्र्ड रेकर्ड होल्डर प्रेम रावत शनिबार सैनामैना आउने

सर्वाधिक विक्री भएको पुस्तकका लेखक तथा गिनिज वल्र्ड रेकर्ड होल्डर रावतले सैनामैनामा शनिबार शान्तिको जीवन्त सन्देश दिनुहुनेछ ।
बुटवल, ४ बैशाख । अन्तर्राष्ट्रियस्तरमा प्रख्यात शान्तिदूत श्री प्रेम रावत विशेष कार्यक्रम सहित नेपाल आउने भएका छन । तीनओटा विधामा गिनिज वल्र्ड रेकर्ड प्राप्त तथा सर्वाधिक विक्री भएको पुस्तकका लेखक समेत रहेको रावत एक दशकको अन्तरालपछि पुनः नेपालमा आफनो विशेष कार्यक्रमसहित आफ्नो जीवन्त शान्तिको सन्देश दिन शनिबार आउने भएका हुन ।

आत्मज्ञान प्रचार संघ नेपालले आयोजनामा सैनामैना स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हुने कार्यक्रमको आवश्यक तयारी पुरा भएको छ । विगत ५५ वर्षदेखि विश्वभरि शान्ति, आत्मचेतना र आन्तरिक परिपूर्णताको सन्देश उहाले फैलाउँदै आउनुभएका छ । कार्यक्रम बिहान ७ः३० बजेदेखि सुरु भई १०ः०० बजेसम्म सम्पन्न हुनेछ । रावतले हालैको भारत भ्रमणका क्रममा रायपुर, मिर्जापुर र देहरादुनमा उपस्थित हजारौँ श्रोताहरूलाई सम्बोधन गर्दै “आन्तरिक शान्ति प्रत्येक व्यक्तिको मौलिक आवश्यकता हो“ भन्ने महत्त्वपूर्ण सन्देश प्रस्तुत गरेका छन । आफ्ना श्रोताहरूलाई आन्तरिक शान्तिको खोजतर्फ प्रेरित गर्ने उहाको सन्देश हुने गरेको छ ।

रावतले स्थापना गरेको द प्रेम रावत फाउन्डेसनद्वारा सञ्चालित शान्ति शिक्षा कार्यक्रम संसारका ८७ भन्दा बढी देशहरूमा ४६ भाषामा सञ्चालनमा रहेको छ । स्पष्टता, समझदारी, आत्म–चेतना, चयनजस्ता विषयहरूमा आधारित कार्यशालाहरू समावेश गरिएको यो कार्यक्रमले विश्वभर ५ लाखभन्दा बढी व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको दाबी गरिन्छ । विद्यालय, विश्वविद्यालय, सुधारगृह र कारागारहरूमा समेत यसको प्रभावकारी प्रयोग भइरहेको छ ।

 

सम्बन्धित समाचार