मुख्य समाचार

ट्याटु कलामा लोकप्रिय बनेका बुटवलका अमित श्रेष्ठ

२० वर्ष देखि ४० वर्षका युवायुवतीहरु बढि आकर्षित रहेको जनाए । फ्रान्स,क्यानाडा लगायत देशका विभिन्न जिल्लाबाट ट्याटु खोप्न आएको उल्लेख गरे ।नेपालमै रोजगार प्रशस्त छ । रोजगार छैन भनेर विदेश जानु बेकार हो,त्यसैले स्वदेशमै केही गरौँ सानो लगानीबाट पनि केही व्यवसाय सञ्चालन गर्न सकिन्छ त्यही हो ईच्छा हुनुपर्यो ।
लगनशिल भएर काम गरिए सफलता पाईने  सन्देश अमित श्रेष्ठले समाजमा दिएका छन् । समाजमा असल काम गर्न सकिए मानसम्मान प्रतिष्ठा संगै आर्थिक रुपमा पनि सबल बन्ने सक्ने उदारण दिए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.११ बस्ने ३२ वर्षिय मिलन वि.क आर्कषक टाटु खोप्न धेरै ठाउँमा धाए तर उनले उपयुक्त ट्याट आर्टिस भेटाएका थिईनन् । शरीरमा खोप्ने चित्र जसलाई पाए त्यसलाई दिन पनि भएन् ।तेति मात्र होइन मन पर्ने चित्र पनि कोर्नुपर्यो । एकदिन मिलनका साथी विजय थापा संग टाटुको विषयमा कुराकानी हुँन थाल्यो । अनि थापाले भर्ने ल मिलन एक ट्याटु पसलमा जाम तिम्लाई मन पर्यो तेहि कोर्ने ल..चैत्र ७ गते उनीहरु मिलनका लागी ट्याटु हान्न हिँडे र पसल पुगे पनि ।

विजयले मिलनलाई आर्टिस्टले शरीरका विभिन्न भागमा कोरेका चित्रहरु देखाए । मिलनलाई कोरेका चित्र मनपयो र आफनो शरीरमा ट्याटु कोर्ने निर्णय गरे । सोही दिन हातको पाखुरीमा ट्याटु खोप्ने निधो गरे संगै मिलनले ट्याटु कोर्ने आर्टिस्ट संग जिवनी सर्घषका बारेमा कुराकानी गर्न थाले ।्चित्रकला संगै ट्याटुमा लोकप्रिय बनेका बुटवल उपमहानरपालिका वडा न.३ निवासी अमित श्रेष्ठ पछिल्लो समय व्यस्त आर्टिस्टको रुपमा परिचित छन् ।

सानै उमेरदेखि चित्र बनाउन रुचि राख्ने श्रेष्ठ युवापुस्ताका भरपर्दो र मनपर्ने आर्टिस्टको रुपमा स्थापित हुँदै आएका छन् । वि.स २०६१ सालमा पहिलो पटक उनले आफ्नै दाईको हातमा ट्याटु खोपेका थिए । जतिबेला उनी १८ वर्षको थिए । विभिन्न आकृतिहरु देख्दा उनले आफ्नै हातले चित्र कोर्दै साथीभाईहरुलाई देखाउँथ्ये ।

चौतर्फी प्रशंसा र प्रेरणा पाए संगै ट्याटु कला क्षेत्रमा विगत २ दशक देखि श्रेष्ठ निरन्तर छन् । बुटवल उपमहानगरपालिका वडा न.५ स्थित निक्स ट्याटु बझ नामक पसलबाटै सेवा प्रवाह गरेका छन् । कम्तीमा दैनिक ५ जनाका दरले ट्याटु खोप्ने गरेको श्रेष्ठको भनाई छ । मासिक रुपमा २ लाख सम्म कमाएको समेत श्रेष्ठले बताए । नागरिक प्रविधिमैत्री भएकाले फरक डिजाईन अनुसार युवायुवतीको चाहाना अनुसार ट्याटु बनाउनु पर्ने कुरा दर्साए । पहिला पहिला आमा,बुबा,छोरा छोरी,फुल ईत्यादीको चित्र कोर्ने बढि हुन्थ्ये भने अहिले अलि फरक प्याटनका ट्याटु खोप्न लगाईन्छ ।

२० वर्ष देखि ४० वर्षका युवायुवतीहरु बढि आकर्षित रहेको जनाए । फ्रान्स,क्यानाडा लगायत देशका विभिन्न जिल्लाबाट ट्याटु खोप्न आएको उल्लेख गरे । पछिल्लो समय युवा पुस्तामा ट्याटु खोप्नेको लहर बढेको छ । टाटुले फेशनशैलीलाई आर्कषक बनाउन सकिने चर्चा गर्दै प्राय युवा पुस्तामा ट्याटु खोप्नेको रुचि बढेको हो ।

ट्याटु कोर्ने भन्ने वितिकै समाजमा गलत रुपमा व्याख्या गरिएको हुन्छ तर सकारात्मक साँेच अनुसार हेर्ने हो भने ट्याटु खोप्दैमा गलत नभईने बताए । आफनै पसलबाट धेरै युवाहरुले सिप सिकेर आयआर्जनमा जोडिएको समेत जानकारी दिए ।

नेपालमै रोजगार प्रशस्त छ । रोजगार छैन भनेर विदेश जानु बेकार हो,त्यसैले स्वदेशमै केही गरौँ सानो लगानीबाट पनि केही व्यवसाय सञ्चालन गर्न सकिन्छ त्यही हो ईच्छा हुनुपर्यो । लगनशिल भएर काम गरिए सफलता पाईने सन्देश अमित श्रेष्ठले समाजमा दिएका छन् । समाजमा असल काम गर्न सकिए मानसम्मान प्रतिष्ठा संगै आर्थिक रुपमा पनि सबल बन्ने सक्ने उदारण दिए ।

सम्बन्धित समाचार