मुख्य समाचार

रुपन्देहीको मायादेवीमा गोलीहानी एक पुरुषको हत्या

सुरेश परियार,फाल्गुन १७ गते ।रुपन्देहीको मायादेवीमा गोलीहानी एक पुरुषको हत्या भएको छ । मायादेवी गाउँपालिका वडा न.२ डङ्गचाहावाका अन्दाजी २९ वर्षिय राजु(राकेशसिंह)लोधलाई घरमै गोलीहानी हत्या भएको पाईएको हो । गयराती घटना भएको हुनसक्ने आंशका गरिएको छ ।

मृत्यु हुने लोधको टाउँकोमा २ राउण्ड गोली चलाईएको घटनास्थलमा रहेका स्थानीयले जानकारी दिएका छन् ।स्थानीयका अनुसार दाजुभाई विच जग्गाको विषयमा केही महिना देखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाईले हत्या गरेको हुन सक्ने स्थानीयले आरोप लगाएका छन् । गयराती देखि राजु लोधका दाई दिपक लोध फरार छन् ।

घटनाबारे प्रहरीलाई विहान थाहा भएको थियो । घटना हुनसाथ तत्काल रुपन्देही प्रहरी घटनास्थल पुगी घटनाबारे प्रारम्भिक रुपमा अनुसन्धान थालेको छ ।

 

सम्बन्धित समाचार