मुख्य समाचार

समुदायमा‘सचेतना’फैलाउँदै रन्यौरा प्रहरी,नागरिकमा उत्साह

सुरेश परियार,फाल्गुन १४ गते ।अपराधिक गतिविधि हुन नदिन रन्यौरा प्रहरीले समुदायस्तरमा सचतेना फैलाउँदै अघि बढेको छ । कानूनी उपचार मात्र नभई समाजमा अनैतिक क्रियाकलापबाट बच्न विविध कार्यक्रम सञ्चालन गर्दै आएको हो ।मंगलबार इलाका प्रहरी कार्यालय रन्यौरा सैनामैना रुपन्देहीको आयोजना तथा बुटवल उपमहागरपालिका वडा न.१५ वडास्तरीय युवा क्लबको समन्वयमा एकदिवसीय लागुऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

विधार्थी लक्षित कार्यक्रममा २०० जना भन्दा बढि युवायुवती तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा नाटक मार्फत सन्देश प्रवाह गरिएको थियो ।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टले प्रशिक्षण दिँदै सु–सभ्य समाज निर्माण गर्न गलत क्रियाकलापमा संलग्न नहुने कुरामा जोड् दिए ।पछिल्लो समय युवाहरु बढि कुलतमा फसेको तथ्यांकीय मार्फत प्रस्तुत गर्दै मानव जिवन र समाजमा समेत नकारात्मक असर पर्न जाने दर्र्साए । लागुऔषध दुव्र्यसनीले समाजमा अपराध सिर्जना गर्ने भन्दै अभिभावकले आफ्ना छोराछोरीको हेरचाह र निगरानीलाई बढाउनुपर्ने प्रहरी निरीक्षक विष्टले उल्लेख गरे ।शान्ति,सुरक्षा अमनचयन कायम गर्न रन्यौरा प्रहरी हरपल नागरिकको साथमा भएको जानकारी दिँदै कुनै समस्या पर्न साथ तुरुन्त सम्पर्क गर्न आग्रह समेत गरे ।

युवा लक्षित कार्यक्रमले समाजमा सचेतना जगाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताएका छन् ।बुटवल उपमहानगरपालिका वडा न.१५का वडाअध्यक्ष समेत रहेका रानाले भौतिक विकास मात्र नभई मानवीय विकास गर्नुे तर्फ वडा एवं पालिका लागेको उल्लेख गरे ।विधार्थी जिवनमै बढि लागुऔषधमा फस्ने गरेको तथ्यांकहरुले केलाएको भन्दै रानाले यसबाट बच्न वडामा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको कुरा उल्लेख गरे ।

नवरत्न माध्यमिक विधालयको सभाहलमा भएको कार्यक्रम वडास्तरीय युवा क्लबका अध्यक्ष प्रयास आचार्यको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी सहायक निरीक्षक रामकृष्ण कार्कीको सञ्चालनमा कार्यक्रम भएको हो ।

सम्बन्धित समाचार