सुरेश परियार,पौष २८ गते । रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक कुकुर नियन्त्रणका लागी ३ दिवसीय स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नगरपालिका भित्र रहेका सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप र बन्ध्याकरण गरिएको सैनामैना नगरपालिकाका पशु विकास शाखा प्रमुख ईन्द्र खड्काले जानकारी दिए ।२४ पौष देखि २६ गते सम्म भएको शिविरमा ३०३ सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको हो भने ३०३ मध्ये २६० सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले गत वर्ष १३ सय जना मान्छेलाई सामुदायिक कुकुरले टोकेको र तिनीहरुलाई रेविज विरुद्धको खोप लगाएको बताएका छन् । गतवर्ष ५ सय वटा सामुदायिक कुकुरमा रेविज विरुद्धको खोप र बन्ध्याकरण भएको जानकारी गराउँदै नगरपालिकाका नगरप्रमुख शर्माले सामुदायिक कुकुरको टोकाईबाट रेविज लाग्ने विरामीको संख्या घट्दै गएको उल्लेख गरे । आगामी दिनमा समेत यसप्रकारको कार्यले तिव्रता पाउने विश्वास व्यक्त गरे ।
नगरपालिकाका उपमेयर विना रानाले नगरपालिकाले सामुदायिक कुकुरको नियन्त्रणका लागी विभिन्न स्वास्थ्य शिविर विगत देखिनै सञ्चालन गर्दै आएको बताईएकी छन् । कुनै पनि व्यक्तिको कुकुरको टोकाईबाट अकाल्मै मृत्यु नहोस् भन्ने अभिप्रायले यो अभियानकै रुपमा नगरपालिकाले चलाएको बताईन् ।
केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको सहकार्यमा भएको यो शिविर सैनामैना नगरपालिका वडा न.९का वडाअध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षता,सैनामैना नगरपालिका वडा न.५का वडाअध्यक्ष धन प्रसाद पौडेल,वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेल,सैनामैना नगरपालिका वडा न.८का वडाअध्यक्ष बुद्धिराम चौधरी,सैनामैना वडा न.१०का वडाअध्यक्ष कृष्ण घिमिरे,वडा न.११का वडाअध्यक्ष राम प्रसाद भुषालको आतिथ्यता रहेको थियो भने कार्यक्रमको संञ्चालन स्वास्थ्य प्राविधिक विष्णुप्रसाद घिमिरेको सञ्चालन रहेको थियो ।
व्यवस्थापन गरे संगै सैनामैनामा देखिन छाडे छाडा चौपाया
सैनामैना नगरपालिकाले नगरभित्र रहेका छाडा चौपाया व्यवस्थापनमा सक्रिय हुँदा खुल्ला रुपमा चौपाया देखिन छोडेका छन् । नगरपालिका भित्र पर्ने पुर्वपश्चिम राजमार्ग नै अवरुद्ध गर्ने गरि रहेका छाडा चौपायालाई सैनामैना नगरपालिकाले उचित व्यवस्थापन गरे संगै दुर्घटनाको संख्यामा कमि आएको छ भने सवारी साधनलाई रोकिने झन्झट हटेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका र कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको सहकार्यमा वाणगंगामा पर्ने कोठी जंगलमा विजुली,पानी,घाँस उपलब्ध गराउने गरि छाडा चौपायाको व्यवस्थापन गरिएको नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जानकारी दिए । छाडा चौपाया देख्न साथ तुरुन्त खवर गर्न समेत मेयर शर्माले आग्रह गरेका हुन् ।जनता संग सरोकार राख्ने विषयमा नगरपालिका निर्मम भएर काम गर्ने प्रतिबद्धता समेत गरे । यो सहकार्य दुई महिना अगावै गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्