मुख्य समाचार

लुम्बिनीमा प्रदेशस्तरीय शुद्धोधन लोकमार्ग बन्दै

सुरेश परियार मंसिर ११ गते । लुम्बिनीमा प्रदेशस्तरीय शुद्धोधन लोकमार्ग बन्ने भएको छ ।रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकामा पर्ने गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट कपिलबस्तु जिल्लाको महाराजगंज जोड्ने सडक बन्ने भएको हो ।रुपन्देहीका ५ पालिका अन्र्तगत मायादेवी गाउँपालिका,सियारी गाउँपालिका,गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका,कञ्चन गाउँपालिका र कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका,कपिलवस्तु नगरपालिका,बुद्धभुमि नगरपालिका,महाराजगंज नगरपालिका विच लोकमार्ग बनाउने सहमति अनुुसार मंगलबार रोडपरमिट(सडकका लागी प्रस्तावित स्थान)को अवलोकन गरिएको छ ।


बहुवर्षिय हुने यो आयोजना साँच्चिकै जनपक्षिय हुने कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले बताएका छन् ।अन्य जिल्ला जान पनि सहज हुने र पर्यकीय दृष्टिकोणले उत्तम हुने भन्दै चाँडै डिपिआर तयार गरि निर्माणका लागी अघि बढाईने उद्घोष गरेका छन् ।विमानस्थलबाट लुम्बिनी प्रदेशको राजधानी दाङ जान सहज हुने भन्दा शुद्धोधन लोकमार्ग निर्माण गर्न लागिएको हो ।

निर्माण हुने लोकमार्ग ३८ देखि ४० किलोमिटर सम्म हुने अनुमान गरिएको छ ।प्रदेशस्तरीय लोकमार्गले विकासको अनुभुति गराउने सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिएका छन् । पिछाडिएको स्थान र पर्यटकीय एवं धार्मिक सम्पदाहरुलाई समेत समेट्ने गरि निर्माण गरिने अध्यक्ष घिमिरेले उल्लेख गरे । प्रदेश सरकार संग पनि छलफल र प्रक्रिया अघि बढेको जानकारी गराए ।


कपिलबस्तु नगरपालिकामा बसेको आजको बैठकले लोकमार्गलाई नामांकरण गरेको छ । रुपन्देहीका ५ पालिका र कपिलवस्तु जिल्लाका ४ पालिका विचको बैठकले अब बन्ने सडकको नाम शुद्धोधन लोकमार्ग राख्ने सहमति भएको हो । सडक बन्ने भएसंगै रुपन्देही र कपिलवस्तुुका स्थानीयहरु खुशी भएका छन् ।

अवलोकनमा लुुम्बिनी प्रदेशका सांसद विष्णुु पन्थी,रुपन्देहीका मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी,गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुु बस्याल,कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल र कपिलवस्तुु जिल्लाका वाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल,बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ लगायतले प्रदेशकै पहुँचयोग्य र रणनैतिक सडक बन्ने दाबी गरेका छन् ।

 

सम्बन्धित समाचार