रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५ स्थित मुक्तिधाम टोल विकास संस्थाको आफनै भवन उद्घाटन भएको छ । टोलबासीबाट उठाएको रु.७ लाख र वडा कार्यालयको तर्फबाट रु.८ लाख ५० हजारको संयुक्त लगानीमा भवन निर्माण भई सञ्चालनमा आएको हो । भवन निर्माणका लागी सोही टोलका छविलाल सुवेदीले ६.५ धुर जग्गा दान गरेका थिए ।
शनिबार एक कार्यक्रमको आयोजना गदै बुटवल उपमहानगरपालिकाका नगर प्रवक्ता तथा वडा न.१५का वडाअध्यक्ष शिव रानाले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै रानाले सबैको प्रयासबाट यो कार्य सम्पन्न भएको बताएका छन् । वडा जनता केन्द्रीत भएर काम गर्ने तर्क गर्दै कुनै पनि समस्या हुन साथ टोल विकास संंस्था हुँदै वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे ।
सो कार्यक्रममा टोलविकासको साधारण सभा तथा चौथो अधिवेशन पनि भएकाले अधिबवेशन बाट पुन अध्यक्षमा प्रेम प्रसाद पौडेल दोहोरिएका छन् ।नवसमितिको उपाध्यक्षमा पुष्पा शर्मा सुवेदी,सचिबमा डम्बरादेवी शर्मा,कोषाध्यक्षमा राजु पौडेल,सहसचिबमा मञ्जु केसी र सदस्यहरुमा कमला देवी गौतम,गुणाखर सापकोटा,अमृता भण्डारी,मुकीराम खनाल,नेत्र प्रसाद ढकाल,रेवती गौतम क्षेत्री रहेका छन् ।कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हांसिल गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा टोल अध्यक्ष प्रेम प्रसाद पौडेलले वार्षिक प्रतिवेदन,कोाषाध्यक्ष गोमा कुमारी खत्री क्षेत्रीले आर्थिक प्रतिवेदन,स्वागत गित कपिला खड्का र लक्ष्मी पाण्डे भने मुक्तिधाम आमा समुह अध्यक्ष तथा टोल विकास सचिबमा डम्बरादेवी शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्