प्रदेश ५मुख्य समाचार

बुटवल–गोरुसिंगे सडकलाई ६ लेनमा विस्तार गर्न काम सुरु

सुरेश परियार, कात्तिक ८ गते ।देशकै पुरानो मुख्य महेन्द्र राजमार्ग(पुर्व–पश्चिम)विस्तारका लागी सडक विभागले काम सुरु गरेको छ । गत असारमा बुटवल–गोरुसिंगे सडकलाई ६ लेनमा विस्तार गर्ने गरि ठेक्का लगाई ४ कात्तिक देखि काम सुरु भैईसकेको छ ।आयोजनाको पहिलो खण्ड बनाउनका लागी रु.१३ अर्ब ५५ करोड ६५ लाख रुपियाँमा ठेक्का लागेर पहिलो चरणका काम आरम्भ भएको बुटवल गोरुसिंगे सडक आयोजनाका प्रमुख तथा ईन्जिनियर कुशलता न्यौपानेले जानकारी दिईन् ।

न्यौपानेका अनुसार पहिलो खण्डलाई पनि टुक्राईएको छ । दुई चरणमा २५÷२५ गरि ५० किलोमिटर सडक विस्तार गर्न लागिएको हो ।पहिलो चरणका लागी रु.७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागी रु.५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लगाईएको हो । पहिलो खण्डमा सडक विस्तार गर्नुको साथै सानाठुलो ३० वटा पुल निर्माण गरिने छ ।ठेक्का सम्झौता अनुसार १५५ वटा कल्र्भट तथा ६ वटा अन्टरपास र ओभरपास पनि निर्माण गरिने छ । चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन ईन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवाले निर्माणका लागी ठेक्का पाएको छ ।

विश्व बैँकको ऋहण सहयोगमा स्तरोन्नत हुन लागेको यो सडक भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्र्तगत रहेर काम अघि बढेको हो । ६ लेन भित्र पर्ने संरचना हटाउनका लागी प्रक्रिया अघि बढेको र रुखहरु कटानका लागी वनबाट अनुमति भैसकेको आयोजनाले उल्लेख गरेको छ ।क्षेतिपुर्ति दिने गरि सडक भित्र पर्र्नेे संरचना हटाउँने र छठपर्व लगत्तै निर्माणको काम सुरु गर्ने ईन्जिनियर कुशलता न्यौपानेले जानकारी दिईन् ।नारायघाट मुग्लिन सडक विस्तार जस्तो ढिला नहुने गरि यो सडक विस्तार हुने विश्वास न्यौपानेले दिईन्। ३ वर्ष भित्र निर्माण कार्य सक्ने गरि ठेक्का भएको हो ।

 

 

सम्बन्धित समाचार