मुख्य समाचार

सालझण्डी प्रहरीको फन्दामा अवैध काठ

रुपन्देहीको सैनामैनाबाट अवैध काठ प्रहरीले बरामद गरेको छ । सैनामैना नगरपालिका वडा न.६ झाला स्थित बिक्रम पाण्डेको आफ्नै गोठमा लुकाईछिपाई राखेको अवस्थामा शनिबार राती ठुलो परिमाणमा अवैध काठ बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीले १३१.९९ क्युफुट काठ बरामद गरेको हो । प्रहरीले नियन्त्रणमा लिएको काठ सब–डिभिजन कार्यालय मुर्गियालाई जिम्मा दिई कार्वाहीका लागी पठाईएको छ ।सब डिभिजन कार्यालयका वन अधिकृत राजन खड्काले सोबारे अनुसन्धान भैरहेको जानकारी दिएका छन् । बरामद भएको काठको मुल्य रु.४ लाख ५८ हजार बढि पर्ने जाने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार