प्रदेश ५मुख्य समाचार

अंपाग र जेष्ठ नागरिकको सारथी बन्दै कञ्चन,टोल–टोलमा घुम्ती शिविर सुरु

सुरेश परियार,साउन १६ गते,रुपन्देहीको कञ्चन गाउँपालिका अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुको बढि सारथी बन्दै गएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ सुरु भए संगै जनतालाई सेवा प्रवाहका कार्यलाई समेत यस पालिकामा चुस्त बनाउन थालिएको हो । खास गरि कञ्चन गाउँपालिका भित्र रहेका जो अरुमा आश्रित जेष्ठ नागरिक र अंपागता भएका व्यक्ति छन् उनीहरुको बढि सुविधाका लागी घुम्ती शिविर सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जानकारी दिए । विगतका वर्षमा जस्तै सामाजिक सुरक्षा प्राप्त गर्ने सेवाग्राहीहरुको विवरण नविकरण गर्ने कार्य कञ्चन गाउँपालिका वडा न.५बाट सुरु भएको समेत प्रशासकीय अधिकृत गौतमको उद्घोष रहेको छ ।

राष्ट्रिय पञ्जीकरण विभागले परिचयपत्र तथा पञ्जीकरण विभागले बायोमेट्रिक विधिद्वारा जेष्ठ नागरिक परिचयपत्र नवीकरण गराउने भनी परिपत्र गरेको हुँदा यो अत्यन्तै झन्झटिलो प्रक्रिया भएका कारण कञ्चन गाउँपालिकाले लाभग्राहीको फिङ्गरप्रिन्ट र फोटो लिएर अनलाइन रजिष्ट्रेसन गर्ने भनी परिपत्र भए अनुसार टोलटोलमा गएर नवीकरण गर्दा विशेषगरी वृद्धवृद्धा र अपाङ्गहरू बढि लाभान्वित भएको गौतमले उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत गौतमका अनुसार ५ दिन घुम्ती शिविर सञ्चालन गरि वडा न.५मा नविकरण कार्य सम्पन्न गरि वडा न.४मा शिविर सुरु गरि सकिएको छ । जसमा वडा न.५बाट ५४७ जना र वडा न.४बाट बुधबार विहान सम्मको विवरणले ५३५ जनाको नविकरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।४३ सय सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्तिहरु यस पालिका भित्र रहेकाले शिविरबाट पाएको सुविधा प्रति जनताको मुहारमा खुशी छाएको छ ।

सेवाग्राहीको सहजता नै गाउँपालिकाको प्रमुख उदेश्य भएको भन्दै जनप्रतिनिधी कर्मचारी लागी परेको गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जानकारी दिएका छन् । टाढाबाट वडा कार्यालय धाउनुपर्ने समस्या अन्त्य हुने भन्दै यो शिविर सञ्चालनमा ल्याईएको अध्यक्ष ढकालको ठम्याई रहेको छ ।

दुई टोली परिचालन गरि नविकरणको कार्य यसै महिनाभित्र सक्ने गरि कर्मचारीलाई विहान ६ बजे देखि तैनाथ गरिएको गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले उल्लेख गरिन् ।शिविरमा सेवा लिन आएकहरुलाई निशुल्क फोटोकपि र निवेदन लेख्ने प्रबन्ध गरिएको छ । कर्मचारी विहान ७ बजे देखि प्रचण्ड घामको प्रवाह नगरि साँझ अर्थात ८ बजे सम्म पनि सेवा दिईरहेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार