प्रदेश ५मुख्य समाचार

सरकारले गर्ने काम दुधराक्ष क्लबले गर्यो,बुद्धको‘स्मारक’बनाउन थाल्यो

सुरेश परियार,साउन १५ गते,लामो समय देखि सामाजिक क्षेत्रमा अग्रसर एक क्लबले फेरि पवित्र कार्यको थालनी गरेको छ । सरकारले गर्नुपर्ने काम रुपन्देहीको सैनामैनामा रहेको दुधराक्ष युवा क्लबले शान्तिका अग्रदुत भगवान गौतम बुद्धको स्मारक बनाउन थालेको हो ।विभिन्न सहयोगी दाताहरु तथा लुम्बिनी विकासको कोषबाट संकलित दानबाट सो पुण्य कार्यको सुरुवात भएको क्लबका सचिब पदम पाण्डेले जानकारी दिए ।

एक समारोहका बिच मंगलबार गौतम बुद्धको स्मारकको शिलान्यास गरिएको छ । शान्ति फैलाउँदै सैनामैना र लुम्बिनीलाई पर्यटन संग जोड्न यो स्मारक निर्माण गर्न थालिएको हो । सैनामैना वडा न.६ स्थित कलौनीचोकमा निर्माण हुन लागेको बुद्धको स्मारकको सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले धार्मिक परम्परा अनुसार शिलान्यस गरेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै क्लबले सामाजिक दायित्व पुरा गर्दै अघि बढेको प्रति मेयर शर्माले प्रशंसा गरेका छन् ।धार्मिक सहिष्णुता कायम गरि पर्यटन क्षेत्रको विकासमा समेत यस कार्यले टेवा दिने विश्वास लिए ।क्लबको यस अभियानमा नगरपालिका सधैब नजिक भएको र आवश्यक सहयोग गर्न तम्तयार रहेको प्रतिबद्धता व्यक्त गरे । यो अभियानका प्रमुख पहलकदमी पुर्व लुम्बिनी प्रदेश सांसद तथा नेपाली कांग्रेसका युवा नेता फखरुद्धीन खाँनलाई मेयर शर्माले विशेष धन्यवाद प्रकट कार्यक्रमै गरे ।

कार्यक्रममा सैनामैना नगरपालिका उपमेयर विना राना मगरले सबैको साझा प्रयासले मात्र विकास हुने तर्क गरिन् । सामाजिक संस्थाहरु संग हातेमालो गर्न नगरपालिका सधै तयार भएको बताईन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य तथा पुर्व लुम्बिनी प्रदेश सांसद फखरुद्धीन खाँनले युवाहरुले चाहाना गरेको अभियानमा आफुले साथ दिएको बताएका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष संग विशेष अनुरोधले गर्दा सैनामैनाको कलौनीमा जो लुम्बिनी संग जोडिएको चोकमा शान्तिका प्रतिकको रुपमा बुद्धको स्मारक बनाउन सुरु गरिएको उल्लेख गरे ।

सुरु गरे संगै क्लबले विभिन्न सहयोग दाताहरुबाट आर्थिक तथा जिन्सी सामाग्री संकलन गर्न लागेको प्रति खुशी व्यक्त गर्दै स्मारक निर्माणका लागी करिब २ हजार चाईनिज ईट्टा आफनो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता खाँनले व्यक्त गरेका छन् । सामाजिक संघसंस्थाको यो पवित्र कार्यमा तिनै तहको सरकारको सहभागिता हुन जरुरी रहेको कुरा औँल्याए ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रथम नगरप्रमुख चित्र बहादुर कार्कीले महामानव गौतम बुद्धको स्मारक निर्माण गर्न लागेको क्लबलाई विशेष सम्मान प्रकट गर्दै सैनामैना भित्र रहेका बुद्धका एतिहासिक तथा पुरातात्विक अवशेषहरुको संरक्षण र विकासमा चासो दिनुपर्ने बताए । लुम्बिनी विकास कोषले बुद्ध संग जोडिएको सैनामैनालाई छायाँमा राखेको आरोप लगाएका छन् । कोषले सैनामैनालाई जोडेर एकिकृत विकास योजना अघि बढाउन आग्रह कार्कीले गरेका हुन् ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय पुर्व सभापति गोविन्द खनालले स्मारक निर्माणले शान्तिको सन्देश फैलाउने उद्घोष गरेका छन् । विकासका निम्ति यहाँका समाज एक रहेको झल्को दिएको समेत खनालले बताए । सैनामैनाको पहिचान र क्षमतालाई उजागार गर्न सवै सरोकारवाला लाग्नुपर्ने बताए ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेलले समग्र सैनामैनाको मुहारमा चमक ल्याउँदै शान्ति फैलाउने विश्वास लिएका छन् ।युवाहरुको यो सक्रियतामा सरकारले पनि अमुल्य भुमिका खेलि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड पोख्रेलले गरे ।सो हाईमास्क लाईट सहित स्मारक निर्माणका लागी रु. २२ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने हाल सम्म जिन्सी बाहेक रु.१२ लाख संकलन भएको क्लबले दाबि गरेको छ ।कार्यक्रममा क्लबका अध्यक्ष किरण पोख्रेलको अध्यक्षता,क्लबका उपाध्यक्ष सुनिल पोख्रेलको स्वागत तथा क्लब सचिव पदम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार