प्रदेश ५मुख्य समाचार

जीवनयोग प्रयोगशाला बुटवल नामक संस्था दर्ता,योग र ध्यान मार्फत खुशियाली बनाईने

सुरेश परियार,साउन १२ गते,जीवनयोग प्रयोगशालाको दर्ता प्रमाणपत्र दिने पहिलो स्थानीय तह बुटवल उपमहानगरपालिका बनेको छ । काठमान्डौ जिल्लाबाट जीवन विज्ञान प्रतिष्ठान नामक संस्था आधिकारिक रुपमा दर्ता भई लामो समय देखि नेपालभर सुख,शान्ति र समृद्धिबारे जागरण ल्याउदै आएको यस संस्थाकै मातहात रहने गरि नगरस्तरीय जीवनयोग प्रयोगशाला बुटवल नामक संस्था दर्ता भएको हो ।शनिबार खुशियाली उत्सवको आयोजना गर्दै आधिकारिक रुपमा दर्ता भएको भन्दै संस्थालाई सार्वजनिक गरिएको हो ।

बुटवल उपमहानगरपालिका भित्र रहेका जनतालाई योग,ध्यान र आध्यामिकबाट खशियाली जिवन बाच्न सिकाउने उदेश्य सहित संस्था दर्ता भएको बुटवल उपमहानगरपालिकाका वडा न.१२का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा आचार्यले बताए । मानव जीवनमा अशान्ति,क्रोध,डाहा बढ्दै गई अराजकता बढ्दै गएको जानकारी गराउदै जीवन विज्ञानकै माध्यमबाट सो समस्या निवारण गर्न सकिने तर्क गर्दै यो प्रयोगशालामा बढि भन्दा बढि लाभान्वित हुन् वडाअध्यक्षले आग्रह गरे । विगत देखि नै योग र ध्यानका लागी वडा कार्यालयले बजेट विनियोजन गर्दै आएको र आगामी दिन समेत बजेटको व्यवस्थापन गरिदै जाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला जीवन विज्ञान राजन ढकालले जीवनयोग प्रयोगशाला मार्फत आफु भित्रको खुशी खोज्न सकिने बताए । असल अनुभव लिई सामाजिक व्यवहार कायम गर्न सकिने उल्लेख गरे । योग र ध्यानले शरीरलाई स्वस्थ राख्न मदत गर्न तर्क ढकालले गरे ।नयाँगाउँ खानेपानीको सभाहलमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पुर्व उपमेयर गोमादेवी आचार्य,स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा जीवनयोग प्रयोगशालाल बुटवलका अध्यक्ष प्रेम बहादुर पौडेलको तथा सञ्चालन जीवन विज्ञानका प्रशिक्षक एंव जीवनयोग प्रयोगशाला तदर्थ समितिका सचिव हरि पोख्रेलको रहेको थियो ।

 

सम्बन्धित समाचार