मुख्य समाचार

सैनामैनामा विपद् प्रतिकार्य सम्बन्धी तालिम सुरु

सुरेश परियार,१४ असार २०८१, शुक्रबार,
रुपन्देहीको सैनामैनामा विपद् प्रतिकार्य सम्बन्धी तालिम शुक्रबारबाट सुरु भएको छ ।सैनामैना नगरपालिकाको सहयोग तथा सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाको आयोजनामा ३ दिवसीय तालिम सुरु भएको कार्यक्रम संयोजक एन्जिना खनालले जानकारी दिईन् ।सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिका मेयर फणेन्द्र प्रसाद शर्माले विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्धारका लागी प्रतिकार्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए ।विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको समाचार अखवरमा आईरहेको बताउँदै सैनामैनामा कुनैपनि बेला सो घटना हुने हुदाँ सावधानी र तयारी अवस्थामा रहनुपर्ने बताए ।यो तालिमबाट सिकेका कुरालाई व्यवहारमा उर्तानपर्ने मेयर शर्माले औँल्याउदै आगामी दिनमा समेत नगरपालिकाले यि विपद्जन्य कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले जुनसुकै बेला विपद् आईपर्ने हुदाँ सजग र सचेत हुनुपर्ने बताए । तालिम व्यवहारिक तथा सैद्धान्तिक तरिकाले हुने कुरा उल्लेख गरे ।तालिममा सहभागिहरुले लगनशिल भएर सिक्न आग्रह गर्दै वर्षात लाग्ने अवस्था सिर्जना हुन लागेको हुदाँ तयारी अवस्थामा बस्नुपर्नेमा जोड बताए ।

 

सो तालिमको पहिलो दिन नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाका कार्यालय प्रमुख विनोद भारती, सशत्र प्रहरी वल नेपाल नं ५ बिध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा, कपिलवस्तुका प्रहरी निरिक्षक जयन्त डडालले सहजीकरण गरेका छन् । प्रशिक्षकहरुले सम्भावित हुने विपद्,रोकथाम,खोज तथा उद्धार र प्राथमिक उपचार लगायतका विषयमा रहेर प्रशिक्षण गराउने कार्यक्रम रहेको छ ।३ दिन सम्म चल्ने सो तालिममा सैनामैना वडा न.१ देखि ११ सम्मका २२ जना युवा,नेपाल प्रहरी,नगर प्रहरी लगायतको सहभागिता रहेको छ ।
कार्यक्रम सैनामैना नगरपालिका वडा न.२का वडाअध्यक्ष अम्मर कंडेलको अध्यक्षता,नगरपालिकाका वरिष्ठ ईन्जीनियर सुरज न्यौपाने,ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक,सशस्त्र लगायतको आतिथ्यता रहेको थियो । सैनामैनाको बामरी पार्टि प्यालेसमा भएको उद्घाटन कार्यक्रममा संस्था सचिब सागर पोख्रेलको स्वागत तथा संञ्चालन सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाका अध्यक्ष तथा कार्यक्रम संयोजक एन्जिना खनालले गरेका थिईन् ।

सम्बन्धित समाचार