मुख्य समाचार

दुर्व्यसनी विरुद्ध टोल टोलमा सचेतना फैलाउँदै गैडहवा

सुरेश परियार,असार १५ गते,
रुपन्देहीको गैडहवा गाउँपालिकामा लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना फैलाउदै अघि बढेको पाईएको छ ।बुधबार गैडहवा गाउँपालिकाको आयोजना तथा ईलाका प्रहरी कार्यालय सुर्यपुरा र गैडहवा किशोर किशोरी साथी सञ्जालनको संयुक्त समन्वयमा लागुऔषध विरुद्ध टोल टोलमा सचेतनामुलक सन्देश प्रसारण गरिएको गाउँपालिकाका प्रशासन अधिकृत रचना गौतमले जानकारी दिईन् ।लागुऔषध दुरुपयोग तथा अवैध ओसारपोसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरमा गैडहवा गाउँपालिका भित्र सन्देश प्रसारण गरि यसको रोकथाम र हुन नदिन पहल गरिएको छ ।

लागुऔषध सेवन र ओसारपोसार सामाजिक अपराध भएकाले यसको रोकथाम र नियन्त्रणका लागी गाउँपालिका प्रतिबद्ध भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बताएका छन् ।अध्यक्ष पौड्यालले सुसभ्य समाज निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय लागुऔषधको सेवनले युवाहरु बिग्रिएको पाईएको भन्दै यसको कडा निगरानी,नियन्त्रण र रोकथामलाई ध्यान दिनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले उल्लेख गरे ।लागुऔषधको सेवनले समाजमा नकरात्मक असर गर्ने तर्क गर्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले सकारात्मक सोँचको विकासमा ध्यान दिनु आजको आवश्यकता रहेको कुरा दर्साए ।

लागुऔषध सेवन तथा ओसार पोसार गैरकानुनी गतिविधि भएकाले यसको नियन्त्रणमा प्रहरी लागी परेको ईलाका प्रहरी कार्यालय सुर्यपुराका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठले बताएका छन् । लागुऔषध सेवनले मानवीय जिवनमा समेत नकारात्मक असर पार्न र समाजमा अराजक सिर्जन गर्ने भएकाले सचेतना फैलाउन जरुरी रहेको प्रहरी निरिक्षक श्रेष्ठको भनाई छ ।गाउँपालिकाको अभियानमा प्रहरीले पनि साथ दिँदै अघि बढेको कुरा जानकारी गराए ।

 

सम्बन्धित समाचार