मुख्य समाचार

सैनामैनामा रु.१ अर्ब १० करोड भन्दा बढिको बजेट

सुरेश परियार,असार १० गते,
रुपन्देहीको सैनामैना नगरपालिका आगामी वर्षका लागी बजेट ल्याएको छ । सोमबार नगरपालिकाको १५औँ नगर सभाले आर्थिक वर्ष २०८१÷०८२का लागी १ अर्ब १० करोड १२ लाख ७२ हजार बजेट विनियोजन गरेको छ । नगरपालिकाका उपप्रमुख विना राना मगरले प्रस्तुत बजेटमा चालु तर्फ रु.५१ करोड ३२ लाख ५० हजार ५ सय र पुँजिगत तर्फ ५८ करोेड ८० लाख २१ हजार ५ सय खर्च अनुमान गरिएको छ । गत वर्षको आय व्ययको तुलनामा ३३.४४ प्रतिशतले यस वर्ष बजेट वृद्धि भएको छ । आगामी वर्षको बजेटमा भने सामाजिक सुरक्षा तर्फ रकम समावेश गरिएको छैन् ।

सैनामैना नगरपालिकाका जनतालाई नगरको उदेश्य अनुसार सेवा प्रदान गर्न सुशासन तथा अन्र्तक्रिया क्षेत्र र कार्य सञ्चालन गर्नका लागी रु.१८ करोड,६२ लाख ५२ हजार,नगरको खानेपानी सरसफाई,वन,वातावरण र विपद व्यवस्थापनका लागी रु.२ करोड २४ लाख ५५ हजार,भौतिक पुर्वाधार विकास अन्र्तगत यातायात पुर्वाधार तर्फ रु.४३ करोड ४७ लाख ६९ हजार,भवन पुर्वाधार तर्फ रु.१ करोड ७५ लाख ९३ हजार,समग्र धर्म,संस्कृति संरक्षण तथा पर्यटन तर्फका क्रियाकलाप सञ्चालन गर्न रु.२ करोड १५ लाख,लक्षित वर्गको शसक्तिकरण गरि मुल प्रवाहिकरण गर्नका लागी लैंिगक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रम सञ्चालनका गर्नका लागी रु.९० लाख ७५ हजार,सैनामैना चक्रपथको सालझण्डी सडक खण्ड र उक्त सडकसंग जोडिएका पहुँच मार्ग निर्माणका लागी रु.३१ करोड ७९ लाख २८ हजार,नगर भित्रको शैक्षिक अवस्थालाई सुधार गरि शिक्षण सिकाई अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर कायम गर्न समग शिक्षा,युवा तथा खेलकुद तर्फ रु.२८ करोड ४६ लाख ७७ हजार,नागरिकहरुको आधारभुत स्वास्थ्य सेवाको प्रत्याभुति र सोको पहुँचमा सुनिश्चितता गनएका लागी समग्र स्वास्थ्य क्षेत्रका स्वास्थ्य क्रियाकलाप सञ्चालन गर्न रु.६ करोड ७२ लाख १९ हजार,उधोग,श्रम तथा रोजगार तर्फ रु.२ करोड ७ लाख १७ हजार,पशु विकास क्षेत्रका लागी रु.९३ लाख ३७ हजार,कृषि,जलस्रोत तथा सिँचाई क्षेत्रका लागी रु.१ करोड ६६ लाख ४७ हजार विनियोजन भएको छ ।

यस्तै,सैनामैना नगरपालिका वडा न.४ स्थित १५ शैयाको नगर अस्पताल सञ्चालन गर्ने,मृर्गौला प्रत्यारोपण गरेका,डायलाईसिस गराईरहेका क्यान्सर रोगी,मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधी उपचार बापत मासिक रु.५ हजारका दरले उपलब्ध गराई बजेट व्यवस्थापन भएको छ । कृषि,शिक्षा,स्वास्थ्य,खानेपानी,बिजुली लगायत पुवार्धार र मानवीय विकासमा बजेट व्यवस्थापन भएको उपप्रमुख रानाको भनाई छ ।कार्यक्रममा सभाका जेष्ठ सदस्य देवीमाया बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिका उपमेयर विना राना मगर,प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली,वडाअध्यक्षहरु,कार्यापालिका सदस्यहरु,वडासदस्यहरु,केही कर्मचारी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।सभा संसदीय अभ्यास केन्द्रीत रहेको थियो ।

सम्बन्धित समाचार