मुख्य समाचार

गैडहवाको जनमुखी कार्यक्रम : आगामी बजेट रु.६३ करोड ३८ लाख

सुरेश परियार,असार ७ गते,रुपन्देहीको गैडहवा गाउँपालिकाले जनमुखी निति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी बजेट ल्याएको छ । १४औँ गाउँसभाले गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२का लागी गाउँपालिकाले भविष्य कोर्ने निति तथा कार्यक्रम प्रस्तुत गरेका हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले निति तथा कार्यक्रम पुर्वाधार तथा मानवीय विकास केन्दित भएको बताएका छन् ।

चुनावको बेला वाचा गरेका घोषणा पत्रमा उल्लेख जनताका आवश्यकता र माग अनुसार कृषि,पर्यटन,पुर्वाधार,शिक्षा,स्वास्थ्य,खानेपानी,बिजुली लगायत आधारभुत क्षेत्रलाई महत्व दिईएको प्रस्तुत निति तथा कार्यक्रम मार्फत अध्यक्ष पौड्यालले उल्लेख गरेका छन् ।पर्यटन तथा आर्थिक विकास तर्फ गैडहवा ताल सौन्दर्यकरण तथा होम स्टे सञ्चालन गरिने भएको छ ।शिक्षा तर्फ शिक्षाको गुणस्तर वृद्धि गरि पुर्वाधार विकासमा टेवा दिने कार्यक्रम ल्याउने भनिएको छ ।पालिकालाई नमुना पालिका बनाई जनप्रतिनिधि र कर्मचारी सधैब जनमैत्री भएर सेवा  गर्ने भावनालाई जागृत गरिएको छ । कृषि क्षेत्रलाई बजारीकरण,आधुनिकरण यान्त्रीकरण गरिने भएको छ ।सुकुम्बासी समस्या समाधान गर्नाका लागी आवश्यक पहल गरिने जनाईको छ ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले आगामी वर्ष २०८१÷०८२का लागी रु.६३ करोड ३८ लाख १८ हजार प्रस्तुत गरेकी छन् ।जसमा चालु तर्फ रु.३६ करोड ६४ लाख ६८ हजार र पुँजीगत तर्फ २६ करोड ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । विनियोजित बजेटमा गाउँपालिकाबाट रु.३७ करोड ८ लाख ४५ हजार र संघिय हस्तान्तरित कार्यक्रम सञ्चालनका लागी रु.२ करोड ६० लाख व्यवस्था गरिएको छ ।

गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु.१३ करोड ७० लाख,शर्शत अनुदान संघीय रु २३ करोड ६९ लाख ७३ हजार,मुल्य अभिवृद्धि तथा अन्त शुल्क बापत राजश्व बाँडफाँड रु.१२ करोड २० लाख तथा प्रदेश सरकारबाट वित्तिय समानिकरण रु ९५ लाख ६३ हजार,शशर्त अनुदान रु.९० लाख समपुरक अनुदान रु.७० लाख र राजश्व बाँडफाँड बापत प्रदेश सरकारबाट प्राप्त हुने आय रु.५० लाख ९४ हजार,नवप्रवद्र्धनका लागी रु.९९ लाख ४० हजार आय हुने प्रक्षेपण गरेको छ ।

गाउँपालिकाले शैक्षिक कार्यक्रम अन्र्तगत सुर्यपुरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागी रु.१ करोड ५० लाख रकम विनियोजन भएको छ ।पालिका भित्र छाडा चौपाया व्यवस्थापनका लागी गौशाला निर्माण तथा सुदृढिकरणका लागी रु.२५ लाख,मृर्गौला प्रात्यारोपण गरेका,डायईलासिस गराईरहेका,क्यान्स रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधी उपचारका लागी खर्च वापत मासिक रु.५ हजार उपलब्ध गराउने भएको छ ।

यस्तै,चैते धान प्रवद्र्धन र खाधान्न बालीको उन्नतका लागी रु.१२ लाख ३० हजार विनियोजन भएको छ ।सुर्यपुरा बजारमा बाटो तथा नाली व्यवस्थापनका लागी रु.१ करोड ४० लाख,मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्र्तगत गैडहवा ताल सौन्दरीकरण तथा होमस्टे सञ्चालनका लागी रु.१ करोड ४२ लाख,गैडहवा गाउँपालिका वडा न.६मा शवदाहन निर्माणका लागी रु.५० लाख विनियोजन भएको छ ।पालिकाहरुको साझेदारीमा खरिद गरिएका बारुण यन्त्र सञ्चालनका लागी बजेट व्यस्थापन भएको बजेटमा उल्लेख छ । गाउँपालिकाले विविध शिर्षकमा बजेट व्यवस्थापन गरेको प्रस्तुत बजेटमा उल्लेख छ ।

 

सम्बन्धित समाचार