मुख्य समाचार

रुपन्देहीमा सबैभन्दा कम बेरुजु आउने पालिका कञ्चन

सुरेश परियार,जेष्ठ १८ गते,रुपन्देहीको कञ्चन गाउँपालिमा सबै भन्दा कम बेरुजु आएको छ । सरकारी कार्यालयको अन्तिम लेखा परिक्षण गर्ने संवैधानिक अंग महालेखा परिक्षक कार्यालयले जेष्ठ १३ गते आ.व २०७९÷०८०को वार्षिक लेखा प्रतिवेदन सार्वजनिक गर्दै रुपन्देहीमा कञ्चन गाउँपालिका पहिलो बेरुजु कम गर्ने पालिका बनेको हो ।

रुपन्देही जिल्लाका १६ वटा स्थानीय तह मध्ये आ.व २०७९÷०८०मा कुल लेखा रकम परिक्षणको १.२२ प्रतिशत मात्र बेरुजु कायम गरि रुपन्देहीमा कञ्चन गाउँपालिका सबै भन्दा कम बेरुजु ल्याउन सफल भएको हो ।आ.व २०७९÷०८०को कुल बजेट मध्ये चालु तर्फ ८१.२२ प्रतिशत,पुँजीगत तर्फ ७९.७६ प्रतिशत र कुल खर्च ८०.६८ प्रतिशत भएको छ ।साथै,कञ्चन गाउँपालिकाले विगत आ.व २०७४÷०७५ देखि आ.व २०७८÷०७९ सम्मको बेरुजु रकम मध्ये करिब रु.५करोड रकम समपरिक्षक गर्न सफल भएको कञ्चन गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरेले जानकारी दिए ।

महालेखा परिक्षक कार्यालयको ६१औँ वार्षिक प्रतिवेदन २०८१ अनुसार पालिकाले सन्तोषजनक कार्य सम्पादन गरेको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बताएका छन् ।कानुनको परिधिमा रहि कार्य सम्पादन गर्दा रुपन्देहीमा पहिलो बेरुजु कम गर्ने पालिका बनेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले योजनाका काम साउन देखि नै सुरु गरिएको उल्लेख गरे ।विगतका वर्षमा कानुनै नबन्दा काम गर्न असहज भएकाले बेरुजु बढेको र आफुहरुले पदभार समाले संगै कानुन निर्माण गरि कानुनलाई टेकेर काम गर्दा शतप्रतिशत काम उत्कृष्ट बन्न गएको गौतमको दाबी रहेको छ ।

सम्बन्धित समाचार