मुख्य समाचार

बुटवल–१५का ४०५ जनाले लिए निःशुल्क स्वास्थ्य शिविर

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५का वडाबासीलाई निःशुल्क स्वास्थ्य शिविर दिईएको छ ।एक कार्यक्रमको आयोजना गर्दै आज वडाका ४०५ जनालाई निशुल्क स्वास्थ्य शिविर दिईएको मुक्तिनाथ धाम टोल विकास समितिका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए ।मुक्तिनाथ धाम टोल विकास समिति र मुक्तिनाथ आमा समुहको आयोजना तथा नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ,बुटवल इकाई,रोटरी ई क्लब अफ हाईव्रेड नेपाल,क्रिमसन अस्पताल,हेल्थ नेपालको सहआयोजनामा भएको कार्यक्रममा निशुल्क सुगर,फिजिसियन,हाडजोर्ने,नाँक,कान,घाँटी सम्बन्धी स्वास्थ्य शिविर गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा न.१५का वडाअध्यक्ष शिव रानाले स्वस्थ रहे जिवन दिर्घ हुने बताएका छन् ।स्वास्थ्य नै मानवीय जिवन भएकाले वडा भित्र रहेका वडाबासीहरुलाई निशुल्क शिविर गरिएको प्रति नगर प्रवक्ता रानाले मुक्तकण्ठले प्रशंसा गरे ।नगरको विकासका लागी विभिन्न संघसंस्थाको हातेमालो आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न.१५का वडा महिला सदस्य रमा पौडेल पराजुलीले स्वास्थ्य क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताएका छन् ।यस्तै,मुक्तिनाथ धाम टोल विकास समितिका अध्यक्ष प्रेम पौडेलले निशुल्क शिविरबाट धेरै वडाबासीहरु लाभान्वित भएको बताएका छन् ।बृहत शिविरबाट उपचारमा रहेका बिरामीहरुलाई निशुल्क औषधी समेत प्रदान गरिएको थियो । डाक्टरको विशेष उपस्थितिमा स्वास्थ्य क्षेत्रका अस्पताल तथा क्लिनिकहरुको प्राविधिक सहयोग रहेको उनले बताए ।

कार्यक्रममा सम्पन्न गर्नका लागी सहयोग गर्ने ४५ जना संघसंस्थाका उपसमिति संयोजक,डाक्टरहरुको टिमलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । गणेश मन्दिरको परिसरमा भएको कार्यक्रममा मुक्तिनाथ आमा समुहकी अध्यक्ष डम्बरा देवी शर्माको सञ्चालन तथा मुक्तिनाथ आमा समुह उपाध्यक्ष डिल माया पराजुलीको स्वागत मन्तव्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार