मुख्य समाचार

मायादेवीको प्रमुख प्रशासकीय अधिकृतमा कृष्ण प्रसाद ज्ञवाली

रुपन्देहीको मायादेवी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण प्रसाद ज्ञवाली हाजिर भएका छन्।नेपाल सरकारले कर्मचारी हेरफेर गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण प्रसाद ज्ञवालीलाई खटाएको छ ।नवआगन्तुक ज्ञवालीले सोमबारबाट गाउँपालिकामा आफनो सेवा प्रारम्भ गरेको जनाइएको छ ।

लामो समयदेखि देशका विभिन्न जिल्लामा रहि कुशलतापुर्वक आफनो जिम्मेवारी समाल्दै आएका ज्ञवाली अन्तत् मायादेवि गाउँपालिकामा खटिएका छन् ।सेवा आरम्भ गर्दै नवप्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले कानुनलाई अक्षरांश कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।गाउँकार्यापालिका र मातहात रहेका कार्यालयबाट आमजनतालाई छिटो र सहज रुपमा सेवा प्रवाह गर्ने बताउँदै समृद्ध गाउँपालिका बनाउन जनप्रतिनिधी,विभिन्न राजनितिक दल,नागरिक समाज,क्लब र नगरबासीको साथ र सहयोगको समेत ज्ञवालीले अपेक्षा गरे ।उनले १२ महिनामा गरिने काम यस वर्ष २ महिनामा सक्ने गरि आफु लागी पर्ने बताए ।नवप्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बिलम्ब नगरि जनतालाई सेवा प्रवाह गर्न मातहात कर्मचारीलाई निर्देशन दिएका छन् ।

एक कार्यक्रमका विच पालिकाका प्रमुख धु्रवनारायण चौधरीले नव प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई स्वागत गरेका छन् ।कार्यक्रममा पालिकाका प्रवक्ता चोक बहादुर थापाको स्वागत तथा जिन्सी शाखा प्रमुख विकास गैरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख नारायण लामिछाने शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा पालिकाका जनप्रतिनिधि,कर्मचारी लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार