मुख्य समाचार

नयाँ वर्षले रुपन्देही कारागारमा ल्यायो खुशी,आँखा नै रसाए कैदीबन्दीको वाणीले

सुरेश परियार,वैशाख १ गते,नयाँ वर्ष २०८१ सालको अवसर पारेर शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रममा रमाउन पाए संगै रुपन्देही कारागारका कैदीबन्दीले खुशी व्यक्त गरेका छन् ।विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीहरुलाई नाँचगान सहित विहानी भोजमा आज सरिक हुन पाएकोले कैदीबन्दीहरु हर्षित भएका हुन् । कार्यक्रममा कारागारका ४७२ जना कैदीबन्दी र बालसुधारका ८५ जना कैदीहरुलाई विहानी खाना खुवाईएको हो ।

कारागारका कैदीबन्दी ईजाज अलीले शुभकामना दिदैँ यो कार्यक्रमले खुशीको सिमा नाघेकोे बताएका छन् । कैदी अली भन्छन् नयाँ साल निराशमै त बित्ने होला,कारागार बाहिर रहेका नेपालीहरुमा मात्र उमंग छाउने होला भन्ने सोँच थियो तर नयाँ सालको उत्सवको लहर कारागार भित्रै पाउँदा गर्वले छाती चौडा भएको अनुभुति प्रकट गरे ।गत वर्षको तिहार उत्सवलाई महोत्सव बनाएर फेरी यसप्रकारको कार्यक्रम कारागार भित्र सञ्चालन गरेर कैदीबन्दीमा खुशीको वहार छरेको प्रति जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई आभार प्रकट गरेका छन् । साच्चिकै आज आफनै घरमा परिवार संग नयाँ वर्ष मनाएको महसुश कैदीबन्दी अलिले गरेका हुन् ।

कारागार भित्र रहिरहदाँ चिन्ता हुने,एक्लो महसुश हुने,अव बाँकी जिन्दगी कारागारमै त जाला भन्ने सोचाई भईरहन्थ्यो तर हौँसलामुलक कार्यक्रमले जिवनमा अझै केही गर्न बाँकी छ,सभ्य नागरिक भएर समाजमा उभिन छ भन्ने कुरालाई प्रोत्साहन गरेका कैदीबन्दी अलिको भनाई छ ।विगदका वर्षमा यो अभ्यास कारागार भित्र नभएको भन्दै आगामी दिनमा समेत कैदीबन्दीमैत्री कार्यक्रमले निरन्तरता पाउने अपेक्षा समेत उनले राखे ।

कारागार तथा बालसुधारको चारघेरा भित्र रहेका कैदीबन्दीहरुको आत्मबल र सिर्जनशिलता बढाउन यि कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन् ।परिस्थिति,परिबन्धन र नियतले सजाय खेपिरहेका कैदीबन्दीहरुको बाँकी जिवन सुनौलो भएकाले आफुलाई हिन्ताबोध नगर्न सिडियो अर्यालको आग्रह छ ।देशभरिका ७७ जिल्ला मध्ये रुपन्देही जिल्लाले कैदीबन्दी लक्षित कार्यक्रम गरेको दावि गरेका छन् ।अन्य जिल्लाले पनि अनुकरण गर्न जरुरी रहेको कुरा औँल्याए ।

कार्यक्रममा रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष रामचन्द्र अर्यालले कैदीहरुमा आत्मविश्वास बढाउन सामाजिक गतिविधिलाई प्रशासनले अघि सारेको कुरा दर्साए । आगामी दिनम समेत यि कार्यक्रमले निरन्तरता पाउने विश्वास राखे ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रंजित सिंह राठौरले कैदीबन्दी अनुशासित भएर बस्नुपर्ने बताएका छन् । कारागार भित्र कुनै समस्या पर्नसाथ कारागार प्रमुखलाई खबर गरि समाधान तर्फ लाग्नुपर्ने कुरालाई जोड् दिए ।

जिल्ला प्रशासन कार्यालयको आयोजना तथा कर्मचारी मिलन केन्द्र रुपन्देहीको संयोजन र व्यवस्थापनमा भएको कार्यक्रममा भैरहबा भन्सार कार्यालयका प्रमुख नारद गौतम,सशस्त्र प्रहरी बलका रुपन्देही जिल्ला प्रमुख तथा प्रहरी उपरिक्षक आनन्द थापा,राष्ट्रिय अनुसन्धानका रुपन्देही जिल्ला प्रमुख हरिश बहादुर विष्ट,कर्मचारी मिलनकेन्द्र रुपन्देहीका कोषाध्यक्ष युवराज पौडेल,सहसचिब ऋषिराम पन्थी,जिल्ला कारागारका प्रमुख जगत बस्नेत,पत्रकारहरु माधव ढुंगाना,दिनेश पाण्डे,भगवती पाण्डे लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार सुरेश परियारले गरेका थिए ।

 

 

सम्बन्धित समाचार