मुख्य समाचार

शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

रुपन्देहीको सैनामैनामा रहेको सैनामैना दलित उत्थान समितिको आयोजनामा शुभकामना आदाप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । नववर्ष २०८१को अवसर पारेर समितिले शुक्रबार शुभकामना आदानप्रदान र नयाँ सालको भित्तेपात्रो विमोचन गरेको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिका उपमेयर विना रानाले समतामुलक समाज निर्माणमा सबै लाग्नुपर्ने बताएका छन् । जातीय विभेद र छुवाछुत समाजका लागी कलंक भएकाले यो प्रथालाई अन्त्य गर्नुपर्न बताईन् । स्थापनाकाल देखि नै समितिले विभिन्न सामाजिक कार्य गर्दै आएको भन्दै आवश्यक सहयोगका लागी नगरपालिका सधैब प्रतिबद्ध भएको कुरा उपमेयर रानाले उल्लेख गरिन् ।

सैनामैना दलित उत्थान समितिका अध्यक्ष जयलाल वि.कले दलितको पक्षमा सधैब काम गर्ने बताएका छन् । समाजमा रहेका दलितहरु गैरदलित सरह बाच्न चाहाने बताउदै कुनै पनि विभेद दलितका लागी सह्य नहुने चेतावानी दिएका छन् ।कार्यक्रममा खिम बहादुर वि.क,वरिष्ठ उपाध्यक्ष समुन्द्र भित्रकोटी लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा पुर्व सांसद कमलादेवि विक,सैनामैना नगरपालिका वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेल,कार्यपालिका सदस्यहरु सुरज बराल,टेक बहादुर रसाईली,पुर्ण बहादुर वि.क लगायतको आतिथ्यता रहेको थियो ।भगतसर्वजितको भवनमा भएको कार्यक्रममा समितिका महासचिब मन कुमारी वि.कको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार