मुख्य समाचार

बुटवलको एक कल्पटमुनि मृत अवस्थामा पुरुष फेला,हत्या भएको आशंका

सुरेश परियार,चैत्र १५ गते,रुपन्देहीको बुटवलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत बुटवल उपमहानगरपालिका वडा न.२ स्थित पाखापानीमा रहेको कल्पटमुनि अन्दाजी ३७ वर्षिय सन्तोष सार्की मृत अवस्थामा फेला परेका हुन् ।

बिहिबार बिहान ११ बजे स्थानीयले घटनास्थलमा सो शव देखे संगै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।स्थानीयका अनुसार घटना रहस्यमय भएकाले हत्या गरि फालिएको आंशका गरेका छन् ।मृतक सार्कीको मुखमा चोट रहेको देखिएको छ ।बुटवल उपमहानगरपालिका वडा न.११ मैनाबगर नजिक बस्दै आएका सार्की सामान्य मजदुरी गर्दै आएका थिए ।

सो घटनाबारे रिपोटिङ गर्न जादाँ प्रहरीले पत्रकारमाथी दुव्र्यहार गरेको थियो भने खिच्न समेत दिएको थिएन् । सुचनाको हक अन्र्तगत रहेर पत्रकारले पत्रकारिता गर्न पाउने अधिकार छ ।उता,तिलोत्तममा दलित ज्ञान उत्सव चलिरहदा यता दलित समुदायका एक पुरुषको शंकास्पद शव फेला परेको हो ।

सम्बन्धित समाचार