खेलकुदमुख्य समाचार

खेलाडीको भावना बुझ्दै सैनामैना–४,खेलकुद सामाग्री वितरण

सुरेश परियार,चैत्र १५गते।रुपन्देहीको सैनामैना नगरपालिका वडा न.४ले स्थानीय खेलाडी तथा क्लबहरुको हितमा कार्य गर्दै अघि बढेको पाईएको छ ।एक कार्यक्रमको आयोजना गर्दै बुधबार सैनामैना वडा न.४का युवा तथा क्लबहरुलाई खेलकुद सामाग्री वितरण भएको वडा सचिब हेमराज चौधरीले जानकारी दिए ।

युवा तथा क्लबहरुलाई फुटबल,भलिबल,क्रिकेट ब्याट,बल,स्टाम,भलिबल नेट,फुटबल नेट,ब्याडमिन्टन नेट,कक,पम्प,जर्सि लगायतका सामाग्री वितरण सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले गरेका हुन् ।सम्बोधन गर्दै मेयर शर्माले स्थानीय खेलाडीको आत्मबल बढाउन यो कार्यले महत्वपुर्ण भुमिका खेलेको बताएका छन् ।खेल क्षेत्रको विकासका लागी नगर सधै प्रतिबद्ध रहेको बताउदै आगामी दिनमा समेत यि यस्ता कार्यक्रमले निरन्तरता पाउने उल्लेख गरे ।

कार्यक्रममा सैनामैना खेलकुद समितिका अध्यक्ष खिम श्रेष्ठले खेल क्षेत्रको श्रीवृद्धिका लागी नगर खेलकुद समितिले विविध खेलहरु सञ्चालन गर्दै आएको बताएका छन् ।खेलाडीहरुलाई खेलप्रति प्रोत्साहन गर्न प्रत्येक वडाले खेल कार्यक्रम गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा न.४का वडा सदस्य तेजनारायण सुवेदी,निशा परियार,निर्मला बगाले,दान बहादुर थारु,विभिन्न टोलका अध्यक्षहरुको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन वडाका सचिब हेमराज चौधरीले गरेका थिए । खेलकुद सामाग्री पाए संगै खेलाडी हौँसिएका थिए ।वडाको वार्षिक स्विकृत कार्यक्रम अन्र्तग सो सामाग्री वितरण भएको हो ।

सम्बन्धित समाचार