प्रदेश ५मुख्य समाचार

पाल्पामा धारिलो हतियार प्रयोग गरि किशोरीको हत्या

पाल्पामा धारिलो हतियार प्रयोग गरि एक किशोरीको हत्या भएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका वडा न.१–ख्याहामा विभत्स तरिकाले धारिलो हतियार प्रयोग गरि हत्या भएको अवस्थामा एक किशोरीको शव फेला परेको हो ।मंगलबार दिउँसो ५ः३० बजेको समयमा शव देखा परे संगै स्थानीयले प्रहरीलाई खवर गरे संगै प्रहरी तत्काल घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक नरेन्द्र चन्दले ख्याहा निवासी १९ वर्षिय पदमा सुनार रहेको र उनलाई धारिलो हतियारको प्रहारबाट हत्या भएको जानकारी दिएका छन् ।प्रहरी उपरिक्षक चन्दले उनको घाँटीमा चोट र हातका औँलाहरू काटिएको बताएका छन् ।घटना मंगलबार दिउँसो भएता पनि थप गहिरो अनुसन्धान बुधबार विहानबाट सुरु भएको प्रहरीले जनाएको छ ।

एसपी चन्दका अनुसार घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बुधबार बिहानबाट अनुसन्धान सुरू गरिएको बताए ।अनुसन्धानको लागी भैरहवाबाट कुकुर सहित विज्ञ टोली घटनास्थल पुगिसकेको बताईएको छ । घटनाबारे अनुसन्धान पछि खुल्ने प्रहरीले उल्लेख गरेको छ ।पदमा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा थिईन् ।

घटनाबारे वडाअध्यक्ष के भन्छन ?
रिब्दिकोट गाउँपालिका वडा न.१ ख्याहाका वडाअध्यक्ष चिरिञ्जीवि पोख्रेलले घटनास्थलको प्रकृती हेर्दा सुनारलाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछी हत्या भएको बताएका छन् ।घटना गम्भीर भएकाले गहिरो अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार