मुख्य समाचार

सचेतना फैलाउँदै ई.प्र.का रन्यौरा

सुरेश परियार,चैत्र ७ गते ।बढ्दो लागुऔषध दुव्र्यसनीलाई न्युनिकरण गर्न प्रहरीले सचेतनामुलक कार्यक्रमलाई अगाडी बढाएको छ ।रुपन्देहीको सैनामैना स्थित ईलाका प्रहरी कार्यालय रन्यौराले कुलतबाट बच्न सचेतनामुलक कार्यक्रमलाई जोड् दिएको हो ।प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्र्तगत आज सैनामैना होटल तथा रेष्टुरेण्ड व्यवसायी संघ,सैनामैना फेलोसिप,मुर्गिया फुटबल क्लब,संकल्प समुहको सह–कार्यमा सो कार्यक्रम भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रदिप पौडेलले सैनामैनाका युवायुवती,विधार्थीहरु,अभिभावक र शिक्षकहरु बिच भएको कार्यक्रममा लागुऔषधको प्रयोग,ओसारपोसार,बिक्रिवितरण र लागुऔषध दुव्र्यसनीले मानव जिवन र समाजमा पार्ने असर बारे,रोकथाम एवं कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण दिईएका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले पहिलो पाठशाला घरभएकाले आफना सन्ततिहरुलाई हेरचाह गर्नुपर्ने बताएका छन् ।लागुऔषधको सेवनबाट अकालमा ज्यान जाने देखि समाजमा विकृति उत्पन्न गर्न टेवा पुग्ने हुँदा यसको रोकथामका लागी नगरपालिका प्रतिबद्ध भएको जानकारी गराए ।

कार्यक्रममा सैनामैना नगरपालिका उपमेयर बिना रानाले भविष्यका कर्णधार युवाहरु कुलतमा फस्न नहुने कुरामा जोड दिएकी छन् ।अभिभावकहरुको छोराछोरी प्रति गरिने निगरानी र विधार्थीहरुले गलतबाटो अंगाल्न नहुने उल्लेख गरिने । रानाले नगरले विगत देखि नै सचेतनामुलक कार्यक्रम गर्दै आएको बताएकी छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रन्जितसिंह राठौरले सभ्य समाजका लागी जोकोही पनि दुव्र्यसनीमा फस्न नहुने बताएका छन् ।कानुनले प्रतिबन्धित गरेका लागुऔषधको सेवन र ओसारपोसार गरे दण्ड सजायको व्यवस्था रहेको हुँदा सचेतनामुलक कार्यक्रमको अभियानमा सबै लाग्न आग्रह गरेका छन् ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी बोलेका थिए । सैनामैना २ स्थित बाबरी पार्टि प्यालेसको हलमा भएको कार्यक्रममा करिब ५ सय भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भने ई.प्रका रन्यौराका प्रहरी नायव निरिक्षक विजय क्षेत्रीको रहेको थियो ।

सम्बन्धित समाचार