मुख्य समाचार

पर्रोहा क्याम्पसका नवसमितिलाई पदस्थापन तथा सम्मान

रुपन्देहीको सैनामैना नगपालिका स्थित पर्रोहा क्याम्पस बहुमुखी क्याम्पसका नव सञ्चालक समितिलाई पदास्थापन गरिएको छ ।हालै सम्पन्न क्याम्पसको अधिबेशनबाट निर्वाचित सञ्चालहरुलाई एक कार्यक्रमको आयोजना गरि पदस्थापन तथा शपथ ग्रहण गराईएको हो ।
अधिवेशनबाट निर्वाचित क्याम्पसको अध्यक्षमा खुशीराम चौधरी,सदस्यहरुमा धन बहादुर कार्की,प्रेम कुमार शर्मा,चन्द्रकान्त पाण्डे,मञ्जु ज्ञवाली,सरु पन्थीले शपथ ग्रहण गरेको निर्वाचन मण्डलका चन्दकान्त भण्डारीले जानकरी दिए ।

कार्यक्रममा सैनामैना नगरपालिकाका उपमेयर बिना राना,सैनामैना नगरपालिकाका निवर्तमान मेयर चित्र बहादुर कार्की,सैनामैना वडा न.३का वडाअध्यक्ष तम बहादुर पुर्जा,वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारी,सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापा,पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र खरेल,पुर्वक्याम्पस चित्र बहादुर के.सी लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार