मुख्य समाचार

बुटवल–१५का महिला स्वास्थ्य स्वंयसेवीकालाई साईकल वितरण

सुरेश परियार,फाल्गुन२५ गते । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५ले महिला स्वास्थ्य स्वयंसेंवीकालाई बिहिबार साईकल वितरण गरेको छ ।११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा न.१५ भित्रका ७ जना महिला स्वास्थ्य स्वयंसेंवीकालाई साईकल वितरण गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका प्रवक्ता शिव रानाले महिला सृष्टिकर्ता भएकाले उनीहरुको हकहितका लागी पालिका प्रतिबद्ध रहेको बताएका छन् ।व्याप्त महिला हिंसालाई अन्त्य गरि लैंगिक समानताको विकासमा जोड दिनुपर्ने प्रवक्ता रानाले उल्लेख गरे ।सधै महिलालाई चुलोचौकोमा मात्र सिमित नराखी राज्यको मुलधारमा महिलाहरुको सहभागिता हुनुपर्ने बताए ।निस्वार्थ स्वास्थ्यको क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेंवीकालाई सम्मान एवं प्रोत्साहन स्वरुप साईकल वितरण गरिएको वडाअध्यक्ष समेत रहेका रानाले दर्साए ।

कार्यक्रममा स्त्रीरोग विशेषज्ञ सकुन्तला गुप्ता, बुटवल उपमहानगरपालिका वडा न.१५वडासदस्यहरु रमा पराजुली,मञ्जु दर्जी,कुल प्रसाद लम्साल,सुर्य काफ्ले,सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रेम पौडेल,नवरत्न माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्ण भुषाल,नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा न.१५का वडा सभापति शेषनारायण नेपाल लगायतको आतिथ्यता रहेको थियो । साईकल पाए संगै महिला स्वास्थ्यस्वयंसेंवीका खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार