प्रदेश ५मुख्य समाचार

सुद्धोधनबाट अवैध काठ सहित एक ट्याक्टर नियन्त्रणमा

रुपन्देहीको सुद्धोधनबाट अवैध काठ सहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक प्रदिप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलिले सुद्धोधन गाउँपालिका वडा न.६,कोटहियाबाट अवैध सिसौ र भेलोर जातको काठ सहित लु४त२५३२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिईएको हो ।

बरामद गरेको काठ ७२ क्युफुट रहेको र सो काठलाई आवश्यक कार्बाहिका लागी सबडिभिजन वन कार्यालयलाई जिम्मा लगाई पठाईएको प्रहरीले जनाएको छ ।कुनै पनि अवैध गतिविधिलाई नियन्त्रण गरि कानुनी कार्बाहीमा ल्याउन रन्यौरा प्रहरी खरो रुपमा उत्रेको छ ।केही दिन अगाडी फर्निचरबाट रन्यौरा प्रहरीले सालको काठ बरामद गरेको थियो ।

सम्बन्धित समाचार