सुरेश परियार,माघ ४ गते,
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५का महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न ३० दिने झोला तथा लेडिज सेन्डल,जुत्ता बनाउने तालिम दिइएको वडा सदस्य तथा कार्यक्रम संयोजक रामा पौडेल पराजुलीले जानकारी दिईन् । सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा ग्लोबल ट्रेनिङ सेन्टर र ए फोर ट्रेनिङ सेन्टरको व्यवस्थापनमा भएको तालिमको समापन बुधबार भएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सदस्यद्धय जमुना ढकाल र हेमा बेल्बासेले महिलाहरु आत्मनिर्भर बन्न सिपमुलक तालिम आवश्यक रहेको कुरा औँल्याएका छन् । बढ्दो बेरोजगारी समस्या समाधान गर्न यि यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने तर्क दिदैँ प्रदेश सरकार महिलाहरुको पक्षमा काम गर्न तयार रहेको कुरा बताए ।तालिमबाट महिलाहरुले ठुलो उपलब्धि हाँसिल गरेको दाबि गर्दै एडभान्स तालिम ल्याउन आफुहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बुटवल नगरपालिकाका प्रबक्ता तथा बुटवल उपमहानगरपालिका वडा न.१५का वडाअध्यक्ष शिव रानाले सिपमुलक तालिमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन लागेको बताएका छन् ।प्रदेश सरकारले बुटवल १५का महिलाहरुलाई रोजेर यो सिपमुलक तालिम सञ्चालन गरेको प्रति धन्यवाद प्रकट गर्दै आगामी दिनमा स्वरोजगारका कार्यक्रम ल्याउन अपिल गर्दै जनताको साथमा आफुहरु सधैब सारथी बनेर उभिने बताए ।
तालिम उपलब्धिमुलक भएको प्रशिक्षार्थी सुशिला भट्टराईले बताईन् ।महिलाहरु सधैब चुलोचौकोमा सिमित रहेको प्रति दुखेसो पोख्दै अब सिपमुलक तालिमबाट आत्मनिर्भर तर्फ केन्द्रीत भएको उल्लेख गरिन् । आधारभुत मात्र नभई थप एडभान्स तालिम ल्याउन जोडदार माग गरेकी छिन् ।नवरत्न माविको हलमा भएको कार्यक्रममा ६० जना महिलाहरुले सो तालिम लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्