मुख्य समाचार

रोहिणीमा छिमेकी पालिकाको फोहोर थुपार्न नदिने कांग्रेसको अडान

नेपाली कांग्रेस रोहिणी गाँउपालिकाले छिमेकी पालिकाको फोहोरमैला व्यवस्थापनलाई लिएर विरुद्ध जनाएको छ ।रोहिणी गाउँपालिका भित्र छिमेकी पालिका सिद्धार्थ नगरपालिका र ओमसतिया गाउँपालिकाको फोहोर थुपार्ने काम गर्न लागेको भन्दै रोहिणीका जनतालाई प्रत्यक्ष असर पर्ने कांग्रेसले आज जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।विज्ञप्तीमा भनिएको छ,रोहिणीका पनि जनता नै हुन्,उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्दछ,छिमेकी पालिकाको फोहोर रोहिणीमा ल्याउनु हुँदैन,यसको हामी घोर भत्र्सना गर्छौँ ।

छिमेकी पालिकाको फोहोरमैला व्यवस्थापनमा राजनितिक दल संग छलफल नै नभएको कांग्रेस रोहिणीको आरोप छ । सिद्धार्थ नगरपालिका र ओमसतिया गाउँपालिकाले आफनो फोहोर आफनै नगरभित्र व्यवस्थापन गर्न आग्रह गरिएको कांग्रेस रोहिणी गाउँपालिका सभापति पारसनाथ योगीको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

रोहिणी गाउँपालिकाले गर्ने हरेक जनपक्षिय कामका लागी कांग्रेसले विरोध जनाउँदैन र जनता एवं पालिका संग सारथी बनेर अघि बढ्ने सधैब संकल्प गर्ने कांग्रेस युवा नेता राजाबाबु क्षेत्रीले सम्पर्क मार्फत जानकारी गराए ।

सम्बन्धित समाचार