मुख्य समाचार

रन्यौरा प्रहरीको सक्रियता : फर्निचरबाटै अवैध काठ बरामद

रुपन्देहीको सुद्धोधन गाउँपालिबाट अवैध सालका काठ बरामद गरिएको छ ।ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरिक्षक जनक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राती सुद्धोधन वडा न.१ बेलवा स्थित दिपक फर्निचर तथा सहमिलमा लुकाईछिपाई राखिएको अवैध काठ बरामद भएको हो ।

प्रहरीले ६३ थान सालका चौकस बरामद भएको हो । प्रहरीका अनुसार बरामद भएको काठको बजारमुल्य रु.१लाख ६५ हजार पर्र्न जाने अनुमान गरिएको छ । बरामद भएको काठ सबडिभिजन कार्यालयलाई जिम्मा लगाईएको हो ।

सम्बन्धित समाचार