रुपन्देहीको सैनामैनाका गरिब तथा जेहेन्दार विधार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।सैनामैना वडा न.४मा रहेको पर्रोहा माध्यमिक विधालयका २० जना विधार्थी तथा पर्रोहा बहुमुखी क्याम्पसका १० जना गरिब तथा जेहेन्दार विधार्थीहरु झोला,कापी,पेन लगायतका सामाग्री प्रदान गरिएको वडा सदस्य निशा परियारले जानकारी दिईन् ।सैनामैना नगरपालिका वडा न.४को आर्थिक वर्ष २०८०÷०८१को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रु.१ लाख बराबरको सो शैक्षिक सामाग्री दिएको हो।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिका वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारीले गरिब तथा जेहेन्दार विधार्थीहरुलाई शैक्षिक सामाग्रीले राहत मिल्ने संगै हौँसला प्राप्त भएको बताएका छन् ।शैक्षिक क्षेत्रको श्रवृद्धिका लागी वडा संगै नगर प्रतिबद्ध रहेको बताउँदै वडाअध्यक्ष अधिकारीले कुनै पनि विधार्थी आर्थिक अभावले शिक्षाबाट बञ्चित नहुने कुरा प्रष्ट पारे ।विधार्थीहरुले लगनशिल भएर अध्ययनलाई अघि बढाउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा शैक्षिक सरोकारवाला,जनप्रतिनिधि लगायतले बोलेका थिए ।सामाग्री पाए संगै विधार्थीहरुले खुशी व्यक्त गरेका थिए ।आज भएको कार्यक्रमको सञ्चालन भने वडासचिव हेमराज चौधरीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्