ईलाका प्रहरी कार्यालय बुटवलको प्रमुखमा विजयराज पण्डित हाजिर भएका छन् । नेपाल प्रहरीले खटाए अनुरुप प्रहरी नायब उपरिक्षक पण्डितले गत पुष १२ गते ईलाका प्रहरी कार्यालयको प्रमुखमा हाजिर भएको पत्रकार भेटघाटमा जानकारी दिएका छन् ।भेटघाट कार्यक्रममा बोल्दै डिएसपी पण्डितले आमनागरिकमा शान्ति,सुरक्षाको प्रत्याभुति हुने तरिकाले काम गर्ने बताएका छन् ।बुटवल सुरक्षाको हिसाबले चुनौती भएका कारण विशेष रणनितिका साथ अघि बढ्ने प्रढ् समेत गरे ।
समाजमा हुने अनैतिक क्रियाकलापलाई निरुत्साहित बनाउँदै सचेतनामुलक कार्यक्रम सञ्चालन गरि समाजमा जागरण ल्याउने कुरा उल्लेख गरे ।पिडितको पक्षमा रहेर प्रहरीले काम गर्ने बताउँदै डिएसपी पण्डितले गलत गर्ने जोकोहीलाई कानुनी कठघरामा उभ्याउने बताए । कुनै समस्या पर्नसाथ प्रहरीलाई तुरुन्त खबर गरि सहयोग गर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्