मुख्य समाचार

रुपन्देहीमा खुलेआम नदिजन्य पदार्थको दोहन

रुपन्देहीका केही खोलाहरुमा अनुमति बिना नै नदिजन्य पदार्थको दोहन भएको पाईएको छ । रातिको समयलाई मौकाछोपि खोलाबाट अवैध नदिजन्य पदार्थ उत्खनन् गरि बिक्रि वितरण गरेको पाईएको हो । रुपन्देहीको मायादेवी गाउँपालिका वडा न.५ स्थित तिनाउ गुरबनियाँ खोलाबाट अवैध नदिजन्य पदार्थ उत्खनन् गरि ओसापोसार भएको छ । सो खोलाबाट दुई टिप्पर र एक एक्साभेटर प्रयोग गरि करिब १२ सय घनमिटर बालुवा उत्खनन् भएको हो । १२ सय घनमिटर बालुवा मध्ये ५ सय घनमिटर बालुवा बिक्रि वितरण भैसकेको छ भने ७ सय घनमिटर खोलाको छेउमा डम्पीङ गरिएको छ ।

सो अवैध कार्य भैरहेको विशेष सुचना पाए संगै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक भरत बहादुर बि.क लगायतको टिमले दुई टिप्पर र एक एक्साभेटरलाई नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार लु२ख ३४६९ र रा १ख २०१४ नम्बरको टिप्पर संगै प्रयोग भएको नम्बर नखुलेको एक एक्साभेटर नियन्त्रणमा आएको हो ।आवश्यक काबार्हिका लागी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।गत मंसिर १ गते बिहान १०ः३० बजे सो कार्य भएको जानकारी पाएसंगै तत्काल नियन्त्रणमा लिईएको हो ।

सम्बन्धित समाचार