सुरेश परियार,कात्तिक १४ गते ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीमा अवलोकन गरेका छन् । पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बुद्ध जन्मस्थल लुम्बिनी गुटेरेस पुगेको हुन् । महासचिब गुटेरेसले मंगलबार लुम्बिनीमा रहेका बिहार,बौद्धधर्मका गुरु,भिक्षु भिक्षुणीको अवलोकन गरेका हुन् ।
मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी,अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँराती,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी,गृहमन्त्री सन्तोष पाण्डे,लुम्बिी प्रदेशका सासद वसिउद्धन मुसलमान,लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमान,कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेल,लुम्बिनी साँस्कृतिक नगरपालिका उपमेयर कल्पना हरिजन,लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा लगायतले लुम्बिनीमा भव्य स्वागत गरेका हुन् ।
साथै,स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीप देखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका हुन् ।महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस पोखरा समेत अवलोकन गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्